तामाङ ज्ञान महोत्सव हुँदै‚ भौतिक र भर्चुअल माध्यमबाट सहभागी हुन सकिने

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
686 Shares
काठमाडौं

सातौँ तामाङ ज्ञान महोत्सवको तयारी पूरा भएको छ । बिहीबार तामाङ पुस्तकालय बौद्धमा पत्रकार सम्मेलन गर्दै यही भाद्र ४, ५ र ६ गते भौतिक र भर्चुअल दुवै माध्यमबाट गर्ने तयारी पूरा भएको जानकारी दिए ।

तामाङ जातिले प्रत्येक वर्षको भाद्रको ६ गतेलाई आफ्नो पहिचान दिवसको रूपमा मनाउँदै आएको छ । यसपालि ९० औँ पहिचान दिवस हो ।

पहिचान दिवसको उपलक्ष्यमा नेपालका तामाङ न्हाङखोर, तामाङ डाजाङ र तामाङ राष्ट्रिय पुस्तकालय गरी तीन वटा संस्थाहरूको संयुक्त आयोजनामा महोत्सवको आयोजना गरिएको सातौँ तामाङ ज्ञान महोत्सव आयोजक समिति–२०७९ का संयोजक निष्णु थिङले जानकारी दिए ।

थिङका अनुसार भर्चुअलमा जुममार्फत सबै स्थानबाट सहभागी हुन सकिने बताए ।

महोत्सवमा १३ वटा कार्यपत्रहरू प्रस्तुत हुदैछ । ६ जना तामाङ समाजका ज्येष्ठ नागरिकहरूका स्मृति वाचन सत्र हुनेछ । त्यसै गरी, तीन वटा विषयहरूमा प्यानल अन्तरक्रिया छलफल पनि हुदैछ । तिनीहरूमा ‘सरकारी कामकाजमा तामाङ भाषा’ र ‘तामाङ लोकसाहित्यः एउटा विमर्श’ र ‘तामाङ मुक्ति आन्दोलनको अबको बाटो’ हुन् । कार्यपत्रहरूले तामाङ सीमान्तकरण, भाषा र मातृभाषामा शिक्षा, खगोलशास्त्र, सरकारी सेवा र संस्कृति, प्रविधिका क्षेत्रहरू समेटेका छन् ।

तामाङ ज्ञान महोत्सवको कार्य तालिका

१.कुमारी लामा, उपप्राध्यापक त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पा तामाङको पेन्टिङमा अनुहारविहीनहरुका अनुहारः पहिचानको दावी
२. राजु स्याङतान, नयाँ पत्रिका तामाङ जातिको मधेस बसाईं : सीमान्तदेखि सीमान्तसम्म
३. सन्जीला मोक्तान, मार्टिन चौतारी : संरचनागत बहिष्करण, तामाङ र मृगौला बेचविखन : ‘हिमला’ गाउँको कथा
४. अमन मोक्तान, दार्जिलिङ : एउटा सैद्धान्तिक खगोलशास्त्रीय अध्ययन
५. प्रताप बल, दार्जिलिङ भारतमा तामाङ भाषा र भारतमा तामाङ गुम्बाहरु
६. डा. लोक बहादुर लोप्चन, प्रमुख प्रशासकीय अधिकृत : मन्डनदेउपुरमा प्रअहरुका विद्यालयमा शिक्षण माध्यमको दृष्टिकोण
७. डा.बलकृष्ण बल, काठमाण्डौ विश्वविद्यालय सूचना प्रविधि विभाग प्रमुख
८. साङमो योन्जन, एमफिल जातीय विभेदको तामाङहरुका जीवनभोगाई
९. टेकराज स्याङतान, अध्यक्ष तामाङ कर्मचारी सञ्जाल : सरकारी सेवामा तामाङ जातिको वर्तमान चित्र
१०. पेमा मोक्तान, संस्थापक सदस्य तामाङ राष्ट्रिय पुस्तकालय
११. धनम तामाङ, तामाङ साहित्यकार : दीसाङ थामा ज्युङमा
१२. कुमार यात्रु, पत्रकार :
१३. सुदास तामाङ, प्राध्यापक उत्तर बगांल विश्वविद्यालय, सिलिगढी
१४. निरा लोप्चन, प्रमुख सल्लाहकार तामाङ संस्कृति तथा विकास बोर्ड, पश्चिम बगांल सरकार : तामाङ संस्कृति तथा विकास बोडको परिचय र गतिविधिहरु
१५. धन बहादुर तामाङ, पूर्व सचिव नेपाल सरकार राष्ट्रिय परिदृश्यमा तामाङ भाषाः ज्ञान, इतिहास, संस्कृति र समाज विकासको संवाहक र विशेषता
१६. प्रताप बल, दार्जिलिङ भारतमा तामाङ भाषा

 

तपाईको प्रतिक्रिया

पत्रपत्रिका