मनै लोभ्याउने गोसाईंकुण्डका कुण्डहरु [फोटो फिचर]

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
749 Shares
काठमाडौं
तस्विरहरु : खोजराज गोले ।

रसुवा जिल्ला नेपालको मुख्य पर्यटकीय गन्तव्यमध्ये एक हो । काठमाडौँबाट छोटो र सजिलो पदमार्गमा पर्दछ । त्यसैले यहाँ स्वदेशी तथा विदेशी पर्यटकको आवतजावत बढी हुने गर्दछ । एकै यात्रामा धेरै कुरा हेर्न र घुम्न सकिने भएकाले पनि यो क्षेत्र पर्यटकको रोजाइमा परेका हुन् ।

लाङटाङ राष्ट्रिय निकुञ्जमा १०८ कुण्ड छन्। यात्रामा दर्जनौँ ताल तलैया भेटिन्छन्। गोसाइँकुण्ड लगायतका सरस्वतीकुण्ड, भैरवकुण्ड, दुधकुण्ड, सूर्यकुण्ड, रक्तकुण्ड, पीपकुण्ड, रामकुण्ड, लक्ष्मण कुण्ड, सीता कुण्ड, गणेश कुण्ड, कुमार कुण्ड, अग्नि कुण्ड, पार्वतीकुण्ड, रिभर कुण्ड, महालक्ष्मी कुण्ड, महासरस्वतीकुण्ड, महाकालीकुण्ड रहेका छन्।

त्यसैगरी धर्मकुण्ड, कर्णकुण्ड, शेषकुण्ड, अद्भूत कुण्ड, वेदकुण्ड, ब्रम्हाकुण्ड, बैष्णबायकुण्ड, विष्णुकुण्ड, व्यासकुण्ड, गौरीकुण्ड, उमाकुण्ड, रमाकुण्ड, दीपकुण्ड, ज्वाला कुण्ड, सागरकुण्डसहित १०८ वटा कुण्डहरू छन्।

गोसाईंकुण्ड नेपालको महत्त्वपूर्ण तीर्थस्थलमध्ये एक हो । हिन्दु, बौद्ध तथा बोन धर्म अनुयायीहरूको अत्यन्तै महत्त्वपूर्ण धार्मिक, सांस्कृतिक र ऐतिहासिक केन्द्र हो । यो ४,३८० मिटरको उचाइमा रहेको छ । गोसाइँकुण्डमा जेठ पूर्णिमा, जनै पूर्णिमा तथा दशाहारामा विशेष पर्व लाग्दछ ।

गोसाइँकुण्डलाई हिन्दु, बौद्ध तथा बोनले आ–आफ्नै तरिकाले आस्थाको प्रतीक मानेर पुज्ने साझा केन्द्रको रूपमा मान्दछन् । चट्टानको पहराको कापबाट मुख्यतः तीन ठाउँबाट कञ्चन जल निस्किएको र पहराबाट विलय हुँदै कुण्ड बनेको देखिन्छ।

तामाङ सम्पदा मार्गको पदयात्रादेखि लाङटाङ तथा गोसाईंकुण्ड हुँदै सिन्धुपाल्चोकबाट सुन्दरीजलसम्मको यात्रा गर्न बर्सेनि आन्तरिक था बाह्य पर्यटकहरुको आउने गर्दछन् ।

यी पदमार्गहरूबाट पुग्न सकिन्छ गोसाईंकुण्ड

१. सुन्दरीजलबाट चिसापानी, कुटुङसाङ, भंगिनगोठ, छहरेपाटी, घोप्टेभिरको फेदी हुँदै सूर्यकुण्ड-गोसाइँकुण्ड

२. धुन्चेबाट चन्दनबारी, चोलाङ्गपाटी, लौरिविना, लौरिविना भन्ज्याङ हुँदै गोसाईंकुण्ड

३. स्याफ्रुबेसीबाट ठुलो स्याफ्रु, सिङ गोम्पा, चोलाङ्गपाटी, लौरिविना हुँदै गोसाईंकुण्ड

४. विदुर गँगटेबाट खरानीटार, समुन्द्रटार, रामती, घ्याङ्फेदी तालुकसेरी हुँदै फेदी निस्केर सूर्यकुण्ड-गोसाईंकुण्ड

गोसाईंकुण्ड यै समयमा पुग्नु पर्छ र यै बाटो प्रयोग गर्नुपर्छ भन्ने छैन तर ९० प्रतिशत यात्रीहरू धुन्चे हुँदै जाने गर्दछन् ।

 

तपाईको प्रतिक्रिया

पत्रपत्रिका