वैदेशिक रोजगारीका लागि एक हजार नेपाली शून्य लागतमा मलेसिया जान पाउने भएका छन् । त्यसका लागि मलेसियामा रहेको कम्पनी माई टेक र एसेम्ब्ली एसडिएन बिएसडिले सम्झौता गरेका हुन् ।
माई टेक र एसेम्ब्ली एसडिएन बिएसडिले आफ्नो कम्पनीमा कामदारलाई शून्य लागतमा लैजानका लागि नेपालको व्हाईट हर्ष रिक्रुटमेन्ट प्राली म्यानपावरसँग सम्झौता गरेको हो ।
मलेसियाको माई टेक र एसेम्ब्ली एसडिएन बिएसडिले र नेपालमा रहेको व्हाईट हर्ष रिक्रुटमेन्ट प्रालि मेनपावरबीच बिहीबार काठमाडौँको रेडिसन होटेलमा पत्रकार सम्मेलन गरेर द्विपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ ।
सम्झौता पत्रमा माई टेक र एसेम्ब्ली एसडिएन बिएसडिका तर्फबाट एच आर निर्देशक माईकल लि र व्हाईट हर्ष रिक्रुटमेन्ट प्राली म्यानपावरका तर्फबाट अध्यक्ष सागर गिरि र सिइओ राजन श्रेष्ठले हस्ताक्षर गरेका हुन । सम्झौताअनुसार माई टेक र एसेम्ब्ली एसडिएन बिएसडिमा जाने नेपाली श्रमिकले व्हाईट हर्ष रिक्रुटमेन्ट म्यानपावर कम्पनीमार्फत शून्य लागतमा मलेसिया जान पाउनेछन् ।
मलेसियाको यो कम्पनीले पहिलो चरणमा एक हजार श्रमिक लैजाने जनाएको छ । व्हाईट हर्ष रिक्रुटमेन्ट प्राली म्यानपावरबाट पहिलो चरणमा १००० कामदार मलेसिया जान पाउने र केही समयमै थप १००० कामदार मलेसिया लैजाने कम्पनीका एच आर निर्देशक माईकल लिले पत्रकार सम्मेलनमा जानकारी गराए । छनोट भएर मलेसिया जाने नेपाली श्रमिकको सम्पूर्ण खर्च कम्पनीले बेहोर्ने लिले बताए ।
व्हाईट हर्ष रिक्रुटमेन्ट प्राली म्यानपावरका अध्यक्ष सागर गिरीले शून्य लागतमा कामदार पठाउने नमुना म्यानपावर बनाउने लक्ष्यसहित कम्पनीले काम गरिरहेको बताए ।