रसुवामा सवारी कारबाहीबाट दुई लाख ४१ हजार रकम सङ्कलन

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
0 Shares
रसुवा

रसुवामा ट्राफिक नियम उल्लङ्घन गरी कारबाहीमा परेका दुई सय ५० सवारीसाधनबाट २ लाख ४१ हजार ५ सय राजश्व सङ्कलन गरेको छ ।

आर्थिक वर्ष २०७९/०८० को साउन महिनामा रसुवा जिल्लाभरबाट कारबाहीमा परेका सवारीसाधनबाट जरिवाना स्वरूप उक्त रकम सङ्कलन भएका हुन् ।

जिल्ला ट्राफिक कार्यालय रसुवाका इन्चार्ज उज्वलकुमार घलेका अनुसार साउन महिनामा चीनमा कोरोना देखा परेपछि आयात हुने मालसामान बन्द भएको र मुख्य पासाङल्हामु राजमार्गभित्र पर्ने सडक साउन २५ गते राति अत्यधिक वर्षाका कारण भासिएकाले राजश्वमा कमी आएको बताए ।

यस्तै ७५ मोटरसाइकल लाई कारबाही गर्दा ७५ हजार,कार जिप ५० वटा बाट ५० हजार,अन्य ठुला सवारीसाधन १ सय २५ वटा बाट १ लाख १६ हजार ५ सय रुपैयाँ राजश्व उठेको हो । पहिरोका कारण एक हाईलक्स गाडीको क्षति भएको छ तर मानवीय क्षति चाहिँ नभएको उनले जानकारी दिए ।

मुख्य आयातित हुने समयमा कोरोना बढेको भन्दै चीनले फेरि सामान पठाउन रोक राजमार्ग बन्द गोसाईंकुण्डमा लाग्ने जनैपुर्मिमा मेला पर्वमा डिउटि व्यवस्थापन को कारण राजश्वमा कमी आएको ट्राफिक इन्चार्ज घलेले बताए ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका