तामाङ जुहारी कलाकार सङ्घद्वारा ‘डेन्मुला डेन्मुला’ नामक सेलो गीत सार्वजनिक गरिएको छ। शनिबार तामाङ कल्याण गुठीमा एक कार्यक्रम आयोजना गरी सार्वजनिक गरिएको हो ।
कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाकी उपमेयर सान्नानी लामाले संस्कार र संस्कृतिको जगेर्ना गर्न संस्थाले गरेका कार्यक्रम सराहनीय रहेको बताइन् । उनले तामाङ भाषा सिक्नका लागि नगरपालिकामा बजेट समेत व्यवस्था गरिएको जनाकारी दिइन् ।
गीतमा केसरी थिङ तामाङ र प्रेमबहादुर घिसिङले स्वर दिएका हुन् ।
डेन्मुला डेन्मुलामा गायिका केसरी थिङ‚ प्रेमबहादुर घिसिङ र तामाङ जुहारी कलाकार सङ्घको प्रस्तुतिमा तयार पारिएको गीतमा सङ्गीत धिरज गोले र देवलाल मोक्तानले गरेका छन् ।
त्यस्तै धिरज गोलेको शब्दमा सङ्गीत संयोजन कुन्साङ लोप्चन‚ छायाङ्कन र सम्पादन वैरागी मोक्तानले गरेका छन् ।
कार्यक्रममा अतिथिहरूलाई ताम्बाहरुको प्रस्तुतिले स्वागत गरेका थिए ।
यसै गरी कार्यक्रममा गीतका कलाकारहरूलाई सम्मान पनि गरेका थिए । गायिका केसरी थिङ, प्रेमबहादुर घिसिङ, धिराज गोले, मगलजित तामाङ, समाजसेवी सोम लामा, वैरागी मोक्तान , वैरागी अभिषेक वाइबा, लगायतलाई सम्मान गरेका हुन् ।
कार्यक्रममा अतिथिहरूमा वीरबहादुर योन्जन, चन्द्रजित मोक्तान , अमृता तामाङ लगायतले शुभकामना दिएका थिए ।
कार्यक्रम सङ्घका कार्यबाहक अध्यक्ष चन्द्रसिङ लामाको अध्यक्षतामा सम्पन्न गरिएका थिए ।