मागापौवा तामाङ समाज सेवाको १६ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार नवदुर्गा पार्टी प्यालेस चाबहिलमा साधारण सभाको आयोजना गरी वार्षिक प्रतिवेदन‚ आर्थिक प्रतिवेदन लगायत विषयमा छलफल भएका थिए ।
कार्यक्रममा बागमती प्रदेशका वन तथा वातावरण मन्त्री विशाल खड्काले संस्थालाई आवश्यक सहयोग गर्ने प्रतिबद्धताका साथै संस्थाको प्रगति कामना गरेका थिए । उनले हामी धर्म‚ संस्कृति‚ भाषा, जाति, कला र संस्कृतिको धनी रहेको बताउँदै यसलाई अध्यात्मक विश्लेषण गर्न सक्नु यसको संरक्षण हुने बताए ।
त्यस्तै नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य धनबहादुर तामाङले संस्थाले सधैँ जनताको सेवामा सेवारत हुने बताए । संस्थाले सबैलाई सामूहिक बनाउँदै यसले सा साना काम कुरामा सहयोग पुग्ने उनको भनाइ थियो ।
कार्यक्रममा संस्थाको जेष्ठ नागरिक ८३ वर्षिया जेठी तामाङलाई सम्मान गरिएको थियो ।
त्यस्तै स्थानीय तह २०७९ मा शैलुङ गाउँपालिका वडा नं.४ बाट वडा अध्यक्षमा निर्वाचित झम्काबहादुर कार्कीलाई बधाई तथा सम्मान गरेका थिए । त्यस्तै उनी सोही संस्था आजीवन सदस्य भएका छन् ।
कार्यक्रममा नेपाली सेनाको सह सेनानी क्याप्टेन अमिर मोक्तानलाई पनि सम्मान गरेका थिए ।