नेपाल तामाङ मौलिक व्हाइला न्हान संस्थाले प्रथम वार्षिकोत्सव मनाएको छ । गत बुधवार तामाङ भवन बौद्धमा वार्षिकोत्सव कार्यक्रम आयोजना गरी मनाएका हुन् ।
वार्षिकोत्सवलाई सम्बोधन गर्दै गोकर्णेश्वर नगरपालिकाकी उपमेयर सान्नानी लामाले शुभकामना दिँदै तामाङको संस्कार संस्कृतिको प्रचारप्रसारमा संस्थाहरूको महत्त्वपूर्ण भूमिका हुने बताइन् ।
कार्यक्रममा भुम्लु गाउँपालिका उपाध्यक्ष प्रेम लामा‚ भाषा आयोगका सदस्य एवं भाषाविद् अमृत योन्जन तामाङ‚ गोकर्णेश्वर नगर वडा नं ५ का वडाध्यक्ष नारायण सुवेदी‚ वडा नं ६ का वडाध्यक्ष नवराज लामा‚ दोरम्बा सैलुङ गाउँपालिकाका निवर्तमान अध्यक्ष कमानसिंह लामा लगायत सबै तामाङ सङ्घसंस्थाका प्रतिनिधिहरूले शुभकामना दिएका थिए ।
संस्थालाई सुदृढीकरण र स्थापित गर्नका लागि विभिन्न व्यक्तित्वहरूले आर्थिक सहयोग गरेका थिए । करिब १ लाख ५० माथि जम्मा भएका छन् ।
कार्यक्रमको समापनमा संस्थापक अध्यक्ष सुनिता बल तामाङको सभाध्यक्षमा भएका थिए ।