चाडपर्व लक्षित अर्बौँको सामान केरुङमै रोकिए

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
70 Shares
रसुवा

चीनले गएको साउन २९ गते आईतवारदेखि आयात रोकेपछि अर्वौको सामान केरुङमै रोकिएको छ ।

चीनको तिब्बत क्षेत्रमा कोभिड १९ को सङ्क्रमण बढ्न थालेपछि गत आइतबारबाट रसुवागढी नाकाबाट हुने आयातमा रोक लगाएको हो । नाकाबन्दी भएसँगै महत्त्वपूर्ण सामान दसैँ तिहार र जाडोका लागि आयात भएका सामान रोकिएको व्यापारीहरू बताउँछन् ।

केरुङमा रोकिएका चिनियाँ ५० कन्टेनरमा नेपालीहरूको महान चाड दसैँ तिहारका लागि नेपाल ल्याउन ठिक बनाएको सामान उतै राखिएका छन् ।।चाडपर्वलाई लक्षित गरि चिनको ईयु गोन्जाओ लगायतका सहरबाट सामान आइरहेको भए पनि चिनियाँहरूको एक सय कन्टेनर सामान केरुङकै गोदाममा रहेको बताइएको छ।

२ अर्ब ५० करोड बराबरको सामान अहिले केरुङमा नै रोकिएका छन् ।गएको आईवारदेखि नाकाबाट कन्टेनर नआएकाले आयात ठप्प भएको छ । नाकाबाट चीनतर्फ निर्यात नभएकै ३० महिना भइसक्यो मानिसहरूको समेत आवतजावत नै बन्द छ ।रसुवा भन्सार कार्यालय भन्छ आयात रोकिएको विषयलाई लिएर चिनिया पक्षबाट कुनै अ‍ौपचारिक जानकारी नआएको तर रसुवागढी नाकाबाट दुईतर्फी व्यापार सञ्चालन गर्ने विषयमा भएको सहमति कार्यान्वयन मा नआउँदै फेरि नाका बन्द भएको छ ।

भूकम्पका कारण तातोपानी नाका बन्द भएपछि चीनबाट हुने धेरै जसो आयात २०७२ मङ्सिरदेखि यही नाका हुँदै आएको थियो ।२०७६ माघ १५ देखि नै रसुवागढी नाका भएर चीनबाट हुने आयात प्रभावित छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका