लामटाङ राष्ट्रिय निकुञ्जको साउनमा ११ लाख राजश्व सङ्कलन

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
49 Shares
रसुवा

आर्थिक वर्ष २०७९/०८० को साउन महिनामा लामटाङ राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटकबाट ११ लाख ४९ हजार १ सय ४५ रुपैयाँ राजश्व सङ्कलन गरेको छ ।

निकुञ्जका रेन्जर सुलक्षणा श्रेष्ठका अनुसार जनैपूणिर्मा मेला साउन महिनामा नै परेको र कोरोना माहामारी पनि कम भएका कारण पनि आन्तरिक तथा बाह्य पर्यटक ७ हजार ९ सय ५५ जनाले निकुञ्ज भ्रमण गर्दा उनीहरूबाट सो रकम उठेको हो ।

निकुञ्ज हुँदै गोसाईंकुण्ड लगायत लाङटाङ तामाङ सम्पदा मार्ग को अवलोकन गर्न आएका नेपाली ७ हजार ८ सय ९२ जना,सार्क मुलुकबाट १५ जना, अन्य देशहरू वाट ४८ जना रहेका छन् ।

पदयात्राका लागि सगरमाथा राष्ट्रिय निकुञ्ज र अन्नपूर्ण संरक्षण क्षेत्र पछिको तेस्रो गन्तव्य स्थलको रूपमा परिचित रहेकाले पनि घुम्न आउनेको संङख्या बढेको हो । यस निकुञ्ज नेपालको पहिलो हिमाली राष्ट्रिय निकुञ्ज हो ।

समुन्द्री सतहदेखि एक हजार मिटर देखि सात हजार दुई सय ४५ मिटर सम्म फैलिएको यस निकुञ्ज जैविक विविधता को भण्डार मानिन्छ ।वन क्षेत्र,घाँसे मैदान क्षेत्र,झाडी बुट्यान क्षेत्र तथा सिमसार क्षेत्र यस निकुञ्ज को मुख्य भुउपयोग हो।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका