लिसंखु पाखर गाउँपालिकाको आर्थिक वर्षको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।
गाउँपालिका अध्यक्ष श्री राजु लामा ज्युको अध्यक्षतामा,उपाध्यक्ष मिठु देवी लामा , प्रमुख प्रशासकीय अधिकृत , सात वटै वडाका वडाअध्यक्ष , कार्यपालिका सदस्यहरु, गाउँ सभा सदस्य र सम्पूर्ण कर्मचारी,पत्रकार सुरक्षाकर्मी लगायतकाको उपस्थितिमा समपन्न भएको छ ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत श्री मंगल बहादुर बिष्टले गाउँपालिकाको सम्पूर्ण भौतिक तथा वित्तीय प्रगति लगायतको समग्र समीक्षा प्रतिवेदन प्रस्तुत गराएको थिए । प्रस्तुत प्रतिवेदन अनुसार गत आव मा गाउँपालिकाको ६५।७५ वित्तिय प्रगति हासिल भएको छ । लिजामा ६४५ सहित बिषयगत क्षेत्रको सामाजिक विकास क्षेत्र तर्फ सबैभन्दा बढि प्रगति देखिएको छ भने आर्थिक विकास क्षेत्र तर्फ सबैभन्दा कम प्रगति देखिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष मिठु देवी लामाले गत आर्थिक वर्षमा योजना अनुगमनको क्रममा केहि योजनाहरु सप्पन्न हुन नसकेकोले बजेट फृज भएको र आ.व.०८९र०८०को पहिलो चौमासिक योजनाहरु सम्झौताको क्रममा रहेकोले आगामी दिनहरूमा सबै योजनाका गतिविधिहरु समयमा नै सम्झौता गरि कार्य सप्पन्न गर्न गराउनको लागि सम्पुर्ण जनप्रतिनिधि, शाखा प्रमुख, कर्मचारीहरुलाई आग्रह गरेको छन् ।
सम्पूर्ण शाखाले गत आव मा सम्पादन गरेका कार्यहरुको समष्टिगत रुपमा आय व्यय सहितको विबरण प्रस्तुत भइ बृहत छलफल सहित समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।