श्रम तथा रोजगार कार्यालयमा ‘रोमानियन मिसन’ स्थापना, कामदार रोमानिया पठाउन सहजीकरण गर्ने

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
35 Shares
काठमाडौं

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीको सिलसिलामा नेपालीलाई रोमानिया पठाउन सहजीकरण गर्ने उद्देश्यले ‘रोमायिन मिसन’ स्थापना गरेको छ ।

काठमाडौँको ताहाचलस्थित श्रम तथा रोजगार कार्यालय परिसरमा अस्थायी रूपमा रोमानियन मिसन स्थापना गरिएको मन्त्रालयले जनाएको छ ।

‘नेपाली नागरिकहरूले रोमानियामा प्राप्त गरेको रोजगारीहरू गुम्न नदिन र रोमानिया प्रवेशको लागि आवश्यक भिसा प्रक्रियालाई सरल, सहज र पहुँचयोग्य बनाउन काठमाडौँस्थित श्रम तथा रोजगार कार्यालय, ताहाचलको परिसरमा अस्थायी रूपमा रोमानिया मिसन स्थापना गरिएको छ,’ मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले बताएका छन् ।

रोमानियाको भिसा लिन भारतको नयाँदिल्लीस्थित रोमानियाको दूतावास जानु पर्ने र त्यहाँ जाँदा कामदारको धेरै रकम खर्च हुने भएकोले समस्या समाधान गर्न रोमानिया मिसन स्थापना गरिएको उनले जनाए ।

‘मिसनले नेपालबाट रोमानियामा रोजगारी तथा अन्य सन्दर्भमा जान चाहने नेपाली नागरिकहरूको भिसा आवेदन प्रक्रियाको सहजीकरण गर्नेछ,’ प्रवक्ता घिमिरेले भने, ‘रोमानिया मिसनले प्रवाह गर्ने सेवा प्रक्रियामा श्रम तथा रोजगार कार्यालय, ताहाचलले आवश्यक समन्वय गर्नेछ ।’

वैदेशिक रोजगारीको सन्दर्भमा रोमानिया जान चाहनेले मिसनले तोकेको भिसा शुल्कबाहेक कहिँकतै कुनै प्रकारको रकम नबुझाउन उनले अनुरोध गरेका छन् । उनले अन्य कुनै पनि प्रकारका प्रलोभनमा नपर्न सबैलाई अनुरोध गरेका छन् ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया