दिक्तेल रुपाकोटको निर्णय : सडक तथा पुल निर्माणमा समन्वय गर्ने, लेखा कर्मचारीको तलब वृद्धि गर्ने  

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
14 Shares
खोटाङ

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले अन्तरपालिका जोड्ने सडक तथा पुल निर्माणका लागि छिमेकी पालिकासँग समन्वय गर्ने निर्णय गरेको छ । नगर कार्यपालिकाको बैठकले अन्तरपालिका जोड्ने सडक तथा सडक पुलको पहिचान गरी निर्माणका लागि सम्बन्धित पालिकासँग समन्वय र सहकार्य गर्ने निर्णय गरेको हो ।

सडक तथा सडक पुल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर०, आइइइरइआइएरबिइएस र डिजाइन स्टीमेट तयार गरी सङ्घीय तथा प्रादेशिक मन्त्रालय तथा निकायमा माग प्रस्ताव गर्ने निर्णय गरिएको नगरका प्रवक्ता दिनेशकुमार घिमिरेले जानकारी दिए ।

अन्तरपालिका जोड्ने सडक, पुल लगायतका संरचना निर्माण वा कार्यक्रम सञ्चालनमा पालिका–पालिकाबिचमा समन्वय र सहकार्य हुन नसकिरहेको अवस्थामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले अन्तरपालिका सहकार्यको निर्णय गरेको हो ।

विद्यालय लेखा कर्मचारीको तलब वृद्धि

नगर कार्यपालिका बैठकले नगरका २१ वटा माविमा कार्यरत २१ विद्यालय लेखा कर्मचारीको तलब मासिक २० हजार पुर्‍याउने निर्णय गरेको छ । यस्तै, शिक्षातर्फको बजेट तथा कार्यक्रममा मावि तहमा अङ्ग्रेजी, गणित र विज्ञान विषयमा शिक्षण सहयोग अनुदान शीर्षकमा विगतका वर्षभन्दा कम रकम प्राप्त भएकोले विगतका वर्षहरूमा अनुदान दिइँदै आएको रकमबाट विद्यालयलाई दामासाही रूपमा अनुदान प्रदान गर्ने निर्णय गरिएको प्रवक्ता घिमिरेले जानकारी दिए ।

त्यसै गरी नगर शिक्षक अनुदान शीर्षक अन्तर्गत विनियोजित रकमबाट विगतका वर्षहरूमा अनुदान दिँदै आएको विद्यालयलाई दामासाही रूपमा अनुदान प्रदान गर्ने निर्णय गरिएको छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका