विवाह बन्धनमा बाँधिँदै डा.भावना र मोडल मोक्तान‚ सार्वजनिक गर्‍यो ‘इन्गेजमेन्ट’ तस्बिर

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
462 Shares
काठमाडौं

दन्त चिकित्सक डा. भावना तामाङले विवाह गर्ने तयारी गरेकी छन् । उनले बिहीबार कलाकार खेम मोक्तानसँग ‘इन्गेजमेन्ट’ गर्दै सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गरेकी छन् ।

बिहीबार मोक्तानले ताम्बा गान्बाको साथमा तामाङ रिमठिमअनुसार डा तामाङको घरमा गई स्ह्याल्गार (सगुन पोङ) राखी मगनी गरेका हुन् ।

करिब एक वर्षदेखि तामाङ र मोक्तानबिच अफयेर चलेका छन् ।

उनीहरूले विवाह यही वर्ष तामाङ रिमठिम (परम्परा) अनुसार गरिने बताएका छन् ।

भावनालाई उनकी आमा मीना तामाङले अर्काको घरमा भाँडा माझेरै, बनिबुतो, ज्याला मजदुरी गरेरै, दुःख, अभाव झेलेरै निर्धनता, विपन्नतासँग निर्मम पौँठेजोरी खेलेरै छोरीलाई दन्त चिकित्सक बनाएकी हुन् ।

कलाकार मोक्तानले मोडल हुँदै गायक बनेका छन् ।उनले करिब ४ दर्जन भिडियोमा अभिनय गरिसकेका छन् भने केहीमा निर्देशन पनि गरिसकेका छन् ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया