खुम्बुमा दुई दिने धर्म देशना सुरु

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
434 Shares
सोलुखुम्बु

बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिद्वारा आयोजित दुई दिने धर्म देशना (प्रवचन) कार्यक्रम सुरु भएको छ । सोलुखुम्बुको पासाङ्ल्हामु गाउँपालिका ३मा यही भदौ ११ र १२ गतेसम्म चल्ने धर्म देशना आजबाट सुरु भएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि श्रद्धेय नाप्टा रिम्पोछेले बौद्ध धर्म दर्शनको सार के हो ? जीवन र जगतको अर्थ के हो ? विषयलाई केन्द्रमा राख्दै बौद्ध धर्मको अभ्यास अघि धर्म देशना श्रवण गर्नुपर्ने बताएका थिए । उनले श्रवण पश्चात् चिन्तन मनन गर्नुपर्ने र त्यसपछि व्यवहारमा लागू गरी सम्पूर्ण प्राणी जगतको कल्याणमा आफ्नो समय खर्चिनुपर्ने बताए । उनको आशीर्वचनलाई खेन्पो ङ्वाङ लेन्डुपले अनुवाद गरिएको थियो ।

यस्तै कार्यक्रममा समितिको अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष फुपू छेम्बे शेर्पा (खेन्पो गेशे थुप्तेन जिग्डोल) ले कार्यक्रमको उद्घाटनलाई सम्बोधन गर्दै धन्यवाद दिएका थिए । उनले यस क्रममा मानवभित्र रहेको त्रिबिषको क्लेष त्यागी कुशल कर्म ग्रहण गर्नुको लागि बौद्ध दर्शनको मूल मर्मलाई अनुसरण गरी व्यवहारमा लागू गर्नुपर्ने बताए ।

धर्म देशनामा प्रवचक ९खेन्पो ङ्वाङ लेन्डुप (पेमा छोलिङ बौद्ध विद्यालयका प्रधानाध्यापक), आचार्य नुर्बु शेर्पा, (खेन्पो मिङमार गेलु), लोपेन कार्साङ नुर्बु रहेका छन् । उद्घाटन समारोह पश्चात् धर्म देशना कार्यक्रमको पहिलो दिनमा प्रवचक खेन्पो ङ्वाङ लेन्डुप (पेमा छोलिङ बौद्ध विद्यालयका प्रधानाध्यापक) र आचार्य नुर्बु शेर्पा धर्म देशना दिएका छन् ।

कार्यक्रमलाई पेमा छोलिङ गुम्बाले समन्वय तथा कार्यक्रम स्थलको व्यवस्थापन गरेका हुन् ।

प्रवचन कार्यक्रमको स्वागतमा गुम्बाका अध्यक्ष नुर्बु ठिले शेर्पाले गुम्बामा धार्मिक प्रवचन हुँदै आएको तर सरकारीस्तरबाट यस भेगमा पहिलो पटक भएको बताए ।

कार्यक्रमको उद्घाटनमा उज्जे छ्योलिङ गुम्बाका प्रमुख लामा ङ्वाङ दोर्जे शेर्पा, श्रद्धेय नाप्टा रिम्पोछे, ङ्वाङ ठिले शेर्पा, गुम्बाका अध्यक्ष नुर्बु ठिले शेर्पा, समितिको सदस्य पासाङ नुरु शेर्पा लगायतको उपस्थिति रहेका थिए ।

कार्यक्रममा स्थानीय गुम्बाका प्रमुख लामा, अन्य लामा धर्म गुरुहरू, स्थानीय जनसमुदायहरू सहित करिब २ सय जनाको सहभागिता रहेका थिए ।

कार्यक्रमको सहजीकरण कार्यक्रम संयोजक रामबाबु सापकोटाले गरेका थिए ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका