गोकर्णेश्वरमा मृ*त भेटिए दुर्गानाथ सुनुवार, प्रहरीले जाहेरी लिन नमानेपछि आक्रोशित

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
28 Shares
काठमाडौं

ओखलढुङ्गाका चम्पादेवी गाउँपालिका–९ का दुर्गानाथ सुनुवार गोकर्णेश्वर नजिकै मृत अवस्थामा फेला परेको छ । भदौ ८ गतेदेखि बेखबर सुनुवार १२ गते बिहान गोकर्णेश्वरस्थित बागमती किनारामा मृत भेटिएको हो ।

भदौ ८ गते साँझ गोकर्णेश्वर क्षेत्रमा साथीभाइसँग रहेको उनका दाइ विनोद सुनुवारले जानकारी दिए ।

उनको दाइका अनुसार त्यो साँझ साथीभाइसँग रमाइलो गरिरहेको समय प्रहरीले लखेटिएको थियो । यसपछि एक जनालाई महानगरीय प्रहरी वृत्त बौद्धमा ल्याएको तर, दुर्गा बेखबर रहेको उनको दाइ विनोद सुनुवारको भनाइ छ ।

सोही दिनदेखि हराएको उनी भदौ १२ गते बिहान मृत भेटिएपछि पीडित परिवारले प्रहरीमाथि आशङ्का गरेका छन् । प्रहरीले गुपचुपमा दुर्गाको हत्या गरिएको पीडित पक्षले आरोप लगाएका छन् ।
तर, महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी बस्नेतले यो निराधार भएको भन्दै खण्डन गरेको छ । प्रहरीले बेखर दुर्गाको खोजी कार्यका लागि विपद व्यवस्थापनको टिम, आर्मीको टिमसहित लिएर गोकर्णेश्वरको बाग्मती किनारमा खोजी गरिएको बताए ।

पीडित पक्ष अर्थात दुर्गाको दाइ विष्णु सुनुवारले भने‚‘हामीले पाएको सिसिटिभीको फुटेज हेर्दा प्रहरीले भाइलाई लखेट्दै गोकर्णको खोँचमा लगेको देखिन्छ । प्रहरी फर्किएको पनि देखिन्छ । तर, भाइ फर्किएको देखिएन,’ उनले भने,‘ यस कारण यो घटनामा प्रहरीमाथि नै आशंका छ ।’

यस घटनाको विषयमा जाहेरी दिन दुई दिन बौद्ध प्रहरी विटमा आउँदा पनि जाहेरी लिन नमानेको सुनुवारको भनाई छ ।

डिएसपी हरिबहादुर बस्नेतले भने व्यक्तिको नाम नै किटेर जाहेरी दिएकाले जाहेरी लिन नसकेको बताए ।

‘ड्युटीमा रहेको प्रहरीमाथि नै जाहेरी छ । घटनाको अनुसन्धान गरी पाउँ भनेर जाहेरी दिने हो,’ डिएसपी बस्नेतले भने,‘घटनाको विषयमा गम्भीर छौँ । पोस्टमार्टमपछि मात्रै घटनाको आधिकारिक तथ्य आउँछ ।’

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका