एमाले दोलखाले प्रदेशसभा निर्वाचन समन्वय कमिटी गठन‚ ‘क’ मा ॠषिकेश र ‘ख’ मा कुमार

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
35 Shares
दोलखा

नेकपा एमाले दोलखाले आगामी मङ्सिरमा हुने निर्वाचनका लागि प्रदेशसभा निर्वाचन समन्वय कमिटी तोकिएको छ ।

एमाले दोलखाको प्रदेश ‘क’ का लागि संयोजक ॠषिकेश उप्रेती‚

सह- संयोजक जीबसराज खडका र सचिवमा अम्बिका गोले तोकिएका छन् ।

त्यस्तै ‘ख’ का लागि संयोजक कुमार खड्का‚ सह-संयोजक थिरबहादुर मोक्तान र सचिवमा धनबहादुर तामाङ मनोनयन गरिएका छन् ।

दोलखामा एक प्रतिनिधि सभा र दुई प्रदेश सभा निर्वाचन क्षेत्र छन् । प्रदेशसभा ‘क’ मा जिरी नगरपालिका‚ तामाकोसी, बैतेश्वर, मेलुङ र गौरीशङ्कर गाउँपालिका पर्दछ ।

यस्तै प्रदेशसभा ‘ख’ मा भीमेश्वर नगरपालिका‚ कालिन्चोक, शैलुङ र बिगु गाउँपालिका छन् ।

एमाले दोलखामा आगामी निर्वाचनका लागि अघिल्ला चुनावमा प्रतिस्पर्धा गरेका पुराना र नयाँ अनुहारहरू उम्मेदवारको आकाङ्क्षीमा देखिएका छन् ।

प्रतिनिधि सभाका लागि एमालेबाट सांसद एवं पूर्व मन्त्री पार्वत गुरुङ‚ पूर्व मन्त्री आनन्दप्रसाद पोखरेल‚ बागमती प्रदेश योजना आयोगका पुर्वसदस्य श्याम बस्नेत‚ पूर्व गाउँपालिका अध्यक्ष भरतप्रसाद दुलाल लगायत टिकटको दाबेदार हुन् ।

प्रदेश सभा ‘क’ लागि पूर्व जिल्ला अध्यक्ष ईश्वरचन्द्र पोखरेल‚ पूर्व मेयर टङ्क जिरेल‚ केशव चौलागाईं, हेमन्त चौलागाईं, विदुर शर्मा लगायतका आकाङ्क्षी रहेका छन् ।

प्रदेश ‘ख’ का लागि युवा व्यवसायी बालकृष्ण सिवाकोटी‚ पूर्व मेयर भरत केसी, पूर्व जिल्ला समन्वय समिति प्रमुख डबल पाण्डे, पूर्व जिविस सभापति लालकुमार केसी, नेता कृष्ण भुजेल, बिनकुमार थामी लगायतका प्रमुख दाबेदार हुन् ।

तपाईको प्रतिक्रिया