बालेन अब होर्डिङ बोर्ड भत्काउनतिर, बन्द गर्यो वर्ल्ड ट्रेड सेन्टरका डिजिटल होर्डिङ बोर्ड

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
112 Shares
काठमाडौं

केही दिन अघिदेखि काठमाडौँका अवैध संरचना भत्काउन सुरु गरेका काठमाडौँ महानगरका मेयर बालेन साहले अब होर्डिङ बोर्ड भत्काउन थालेका छन् ।

नक्सा पास विपरीतका संरचना हटाउने अभियान चलाइरहेको काठमाडौँ महानगरपालिकाले अब होर्डिङ बोर्ड हटाउन सुरु गरेका हुन् ।

महानगरले मापदण्ड विपरीत राखिएका होर्डिङ बोर्ड, रक्सी चुरोटका विज्ञापन, अनुमति बिना राखिएका डिजिटल बोर्ड हटाउन थालेका छन् ।

महानगरले त्रिपुरेश्वरको वर्ल्ड ट्रेड सेन्टर सेन्टरमा रहेको डिजिटल होर्डिङ बोर्ड हटाएर यो अभियान सुरु गरेका छन् ।

महानगरपालिकाले त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा पुगेर त्यहाँ रहेको डिजिटल होर्डिङ बोर्ड बन्द गराएको छ ।

सेन्टरले अनुमतिविना डिजिटल होर्डिङ बोर्ड राखेर विज्ञापन गरिरहेको पाइएपछि बन्द गराइएको महानगरले जनाएको छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका