भाषा‚ संस्कृतिले पहिचान दिन्छ: मन्त्री मोक्तान

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
70 Shares
काठमाडौं

बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले तामाङ भनेर गौरव गर्नका लागि भाषा‚ संस्कृति‚ पहिचान हुनुपर्ने बताएकी छन् ।

बिहीबार तामाङ चलचित्र सङ्घको २७ औँ प्रदर्शन दिवस तथा तथा टिएफआर सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मोक्तानले भाषा‚ संस्कृति जगेर्ना गर्न यस संस्थासँग जिम्मेवारी रहेको बताइन् ।

‘राज्यले प्रोत्साहन स्वरूप हामीलाई केही दिएको छैन र पाइँदैन तर हामीले राज्यको कुनै पनि अङ्गमा सहभागी हुन क्षमताको विकास गर्नुपर्छ ।’‚ उनले भनिन्‚ ‘अहिले स्थानीय तहका धेरै सङ्ख्यामा तामाङहरू निर्वाचित भएका छन् । राज्यको निर्णायक तहमा नेतृत्व गर्ने तहमा पुगेको छ। यस सहयोग गर्न सकिन्छ । ’

‘म अहिले राज्यको कार्यकारी तहमा छु‚ मैले सक्ने सहयोग गर्नेछु ।’‚ मन्त्री मोक्तानले भनिन्‚‘राज्यको तहमा पुग्न प्रक्रियाहरू जान्नुपर्छ । यसमा हामीले ध्यान दिनुपर्छ ।’

मन्त्री मोक्तानले सङ्घर्ष गरेर यो स्थानमा आइपुग्न सफल भएका कलाकारहरूलाई सम्मान प्रदान गर्दा पनि खुसी लागेको बताइन् । उनले आफू जहाँ पुगे पनि धरातल बिर्सनु नहुने बताएकी थिइन् ।

कार्यक्रममा सङ्घले पहिलो तामाङ चलचित्र सेमरी छोरङानका कलाकार लगायत १६ वटा विधामा सम्मान प्रदान गरेका छन् ।

सङ्घका अध्यक्ष एवं सभाध्यक्ष कुमार मोक्तानले कोरोनाका कारण २ वर्षदेखि औपचारिक रूपमा मनाउन नसकेको दिवस मनाउन पाउँदा खुसी लागेको बताए ।

यो पनि

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका