दोलखाको गौरीशंकर गाउँपालिकामा ढुङ्गा खसेर लाग्दा एक जनाको मुत्यु भएको छ भने एक जना घाइते भएको छ ।
गौरीशंकर गाउँपालिका वडा नम्बर ५ खानिगाँउमा निर्माणाधीन अवस्थामा रहेको सासा हाइड्रो पावरको सुरुङ भित्र काम गर्न जाने क्रममा अकस्मात् माथिबाट ढुङ्गा खसेर लाग्दा सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिका वडा नम्बर ५ का २२ वर्षीय पेम्बा छिरिङ शेर्पाको घटना स्थल मानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकृत प्रहरी निरीक्षक राजेश सिग्देलले जानकारी दिए ।
उनका अनुसार सोलुखुम्बु जिल्लाको नै खुम्बु पासाङ गाउँपालिका वडा नम्बर १ का २० वर्षीय फुर्वा ग्याल्जेन शेर्पा घाइते भएकोे छ ।
घाइते शेर्पाको सिंगटीमा रहेको रोल्वालिङ सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।