नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) द्वारा नेपाल पत्रकार महासङ्घ ललितपुरलाई ज्ञापन पत्र बुझाएको छ। महासङ्घले आफ्ना दस्ताबेजहरूमा महासङ्घको संस्थापक अध्यक्ष कृष्णप्रसाद भट्टराई हुनुहुन्छ भनी उल्लेख गरेका गलत विवरण सच्याएर नेपाल पत्रकार महासङ्घका संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठ हुनुहुन्छ’ भन्ने सही तथ्यलाई स्थापित गराउन ज्ञापन पत्र बुझाउँदै जोडदार माग गरेका हुन् ।
ज्ञापन पत्रमा लेखिएका छन्‚‘नेपाल पत्रकार सङ्घ गठन गरेर नेपाली पत्रकारलाई पहिलो पटक सङ्गठित गर्ने व्यक्ति सत्यनारायण बहादुर श्रेष्ठ थिए । उनको नेतृत्वमा विसं २००८ वैशाख ९ गतेको पत्रकार भेलाले नेपाल पत्रकार सङ्घ’ गठन गरेको थियो । २००९ वैशाख २८ गते श्रेष्ठकै सभापतित्वमा तत्कालीन नेपाल पत्रकार सङ्घ पुर्न गठन भयो । थप पत्रकारलाई सङ्घमा सङ्गठित गर्ने उद्देश्यसाथ तर, नेपाल पत्रकार महासङ्घले अकाट्य तथ्यहरूलाई नजरअन्दाज गर्दै सन्त नेता तथा पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई संस्थापक अध्यक्ष मान्दै आएको छ । महासङ्घको यो कदमप्रति नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ ९फोनिज०ले गम्भीर विमति राख्दै आएको छ । वि।सं २०१२ चैत १६ गते नेपाल पत्रकार सङ्घ पुनर्गठित हुँदा कृष्णप्रसाद उपाध्याय भट्टराई सभापति तथ्य साँचो हो । उनको योगदानको हामी सबैले उच्च कदर गर्नुपर्छ, आदर भाव प्रकट गर्नु पर्दछ । फोनिज समन्यायिक समाज निर्माणको मान्यताबाट अग्रसर छ । यसर्थ, सन्त नेता भट्टराईको सामाजिक, राजनीतिक योगदानको यथोचित सम्मान र कदर होस् भन्ने कुरामा हाम्रो विमति छैन । तर, तथ्यहरूले नेपाल पत्रकार महासङ्घको संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठ हुनुहुन्छ’ भन्ने पुष्टि भइसकेको अवस्थामा कृष्णप्रसाद भट्टराई नै संस्थापक अध्यक्ष हुनुहुन्छ’ भन्नु स्वयम् भट्टराईको निस्वार्थ योगदानको अपमान मात्र होइन, नेपाल पत्रकार सङ्घ गठन गरेर पहिलो पटक नेपालका पत्रकारलाई सङ्गठित गर्ने सत्यनारायणबहादुर श्रेष्ठको योगदानको अवमूल्यन गर्ने, अपमान गर्ने र इतिहास नामेट पार्न खोज्नु निःसन्देह गलत काम हो ।’
देशको प्रधानमन्त्री भइसकेका भट्टराईलाई गलत तथ्यका आधारमा पत्रकार महासङ्घको संस्थापक मान्नु उनको योगदानलाई विवादित पार्नु र मानमर्दन गर्नु पनि हो । यस्तो कार्य कतै र कसैबाट पनि नहोस् भन्ने विषयमा फोनिज सचेत रहेको बताएका छन्। ‘यस्तै प्राप्त तथ्य र प्रमाणहरूका आधारमा नेपाल पत्रकार महासङ्घको संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठ नै हुन् । यो तथ्य सर्वस्वीकार्य बनिसकेको छ’‚ फोनिजले ज्ञापन पत्रमा लेखेका छन् ।
यसर्थ, नेपाल पत्रकार महासङ्घले आफ्ना दस्ताबेजहरूमा महासङ्घको संस्थापक अध्यक्ष कृष्णप्रसाद भट्टराई हुनुहुन्छ भनी उल्लेख गरेका गलत विवरण सच्याएर नेपाल पत्रकार महासङ्घका संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठ हुनुहुन्छ’ भन्ने सही तथ्यलाई स्थापित गराउन यसै ज्ञापन पत्र मार्फत नेपाल पत्रकार महासङ्घसँग जोडदार माग गर्दछौँ।