कक्षा १२ को नतिजा प्रकाशित

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
56 Shares
काठमाडौं

राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार कक्षा १२ को नतिजा प्रकाशित गरेको छ ।

गत जेठ १६ देखि २५ गतेसम्म सञ्चालन भएको कक्षा १२ को परीक्षाको परीक्षाफल सार्वजनिक गरेका हुन् ।

देशभरका १ हजार २ सय ९२ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको परीक्षामा ४ लाख १० हजार ५० विद्यार्थी परीक्षामा सहभागी रहेका थिए ।

जिपिए ३.६१ देखि ४ सम्म ल्याउने विद्यार्थी चार हजार एक सय ७९ छन्। साथै कम ल्याउने जिपिए १.६१ देखि २ ल्याउने विद्यार्थी सङ्ख्या ३५ जना छन्।

तपाईको प्रतिक्रिया