सिन्धुपाल्चोकमा एमालेबाट को को बन्लान उम्मेदवार ?

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
105 Shares
सिन्धुपाल्चोक

नेकपा एमाले सिन्धुपाल्चोकले मङ्सिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ । शनिवार बसेको क्षेत्रीय कमिटी बैठकले दुवै निर्वाचन क्षेत्रका लागि उम्मेदवार सिफारिस गरेको हो ।

निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा प्रत्यक्ष तर्फ अरुण नेपाल, सरेश नेपाल, भरत पराजुली र बादल लामाको नाम सिफारिस भएको छ ।

त्यस्तै क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाका लागि पूर्वमन्त्री शेरबहादुर तामाङ‚ हस्त पण्डित र माधव पाण्डेको नाम पनि प्रत्यक्ष तर्फ सिफारिस गरेका छन् ।

यसै गरी समानुपातिक तर्फ कृष्णराज श्रेष्ठ, धर्मकृष्ण श्रेष्ठ, जगन्नाथ आचार्य, डम्बर अर्याल, कमल माझी, डोल्मा तामाङ र पुर्वमन्त्री दावा तामाङको नाम सिफारिस गरिएका छन् ।

त्यस्तै प्रतिनिधि सभा क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश सभा १ मा ९ जनाको नाम सिफारिस गरेको छ । डालबहादुर सापकोटा, विष्णुमणि आचार्य, रामचन्द्र बस्नेत, राजन आचार्य, देवी दुलाल, शिवहरि सापकोटा, राजु नेपाल, खिल बहादुर गिरि र डबले लामाको नाम सिफारिस गरेको हो । समानुपातिक तर्फ सुब्बा माझी, सरस्वती अधिकारी, रामबहादुर सुनार, मनकुमारी तामाङ, खिलबहादुर श्रेष्ठ र चन्द्र धिमालकोटीको नाम सिफारिस गरेको छ ।

प्रतिनिधि सभा क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश सभा २ प्रत्यक्षतर्फ अशोक चौलागाईं, मित्रलाल चौलागाई, शिशिर वाइबा, सोमर बमजन, कृष्णगोपाल तामाङ र चिरन तामाङको नाम सिफारिस गरेको हो ।

यो क्षेत्रमा समानुपातिक ८ जनाको नाम सिफारिस गरेको छ । देवेन्द्र बहादुर खत्री, राधाकृष्ण श्रेष्ठ, सूर्यमान तामाङ, जिमी लामा, दुर्गा चालिसे, सुनिता परियार, फुर्पा ह्योल्मो र दीपक गहतराज रहेका छन् ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका