माग पूरा नभए अनशन बस्ने वडा अध्यक्ष तामाङको घोषणा

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
28 Shares
रसुवा

रसुवाको कालिका गाउँपालिका वडा नम्बर १ ग्राङमा रहेको ग्राङ आधारभूत विद्यालयमा शिक्षक व्यवस्थापन नभए अनशन बस्ने वडा अध्यक्ष दावा तामाङले घोषणा गरिएको छ ।

२०७८ असोज १४ गते वडा अध्यक्ष तामाङकै नेतृत्वमा कालिका शिक्षा शाखा नै अनिश्चितकाल ताला बन्द गरिएको छ । ‘अहिले म वडा अध्यक्ष निर्वाचित भएर आइसक्दा पनि विशेष ध्यान नदिई सचेत भएको छैन’‚ उनले भने‚ ‘अल्पमतको समेत कदर नभएपछि शिक्षा जस्तो संवेदनशील कुरामा बेवास्ता गरेकाले अनसन बस्न बाध्य भएको हो ।’

१ सय ९० जना विद्यार्थी रहेको विद्यालयमा ईसिडि देखि कक्षा ८ सम्म नौ वटा कक्षा चलिरहेको छ। विद्यालयमा जम्मा ४ जना शिक्षक हुनु प्रमुख प्रशासकीय अधिकृत र शिक्षा शाखा प्रमुख र शिक्षा समितिमा पनि विघालयमा शिक्षक अपुगको विषय र विभिन्न मागहरू राख्दा राख्दै पनि शिक्षकलाई सरुवा गराएको कुरामा आपत्ति जनाउँदा यी कुराको सुनुवाइ नभएपछि पालिका भवनमा नै अनसन बस्ने वडा अध्यक्ष दावा तामाङले उद्घोष गरेका छन् ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका