सरस्वती आधारभूत विद्यालयमा डिजिटल माध्यमबाट पठनपाठन हुने

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
294 Shares
रसुवा

रसुवाको गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर ६ ठाडेमा अवस्थित सरस्वती आधारभूत विघालयमा डिजिटल माध्यमबाट पठनपाठन हुने भएको छ।

विद्यालयका प्रधानाध्यापक लानाम घलेका अनुसार विशुद्ध रमाइलो वातावरणमा अतिरिक्त क्रियाकलाप सहित डिजिटल माध्यमबाट कक्षामा पढाइ सुरु गरी नियमित शिक्षक तथा विद्यार्थीहरूको आगमन हुने तरिकाले व्यवस्थापन मिलाई पढ्दै कमाउँदै कार्यक्रम समेत सञ्चालन गर्न लागिएको बताइएको छ ।

२०४५ सालमा स्थापना भएको यस स्कुलमा ३८ जना छात्रा र २९ जना छात्र रहेका छन् । कार्यालय सहित ९ वटा कोठा रहेको यस स्कुलमा कक्षा ८ सम्म पढाइ हुन्छ ।पहिलेको तुलनामा हाल डिजिटल माध्यमबाट कक्षा सञ्चालन भएपछि पढाएको गुणस्तरमा सुधार भएको बताइएको छ ।

वाल विकास शिक्षक १ जना, राहत शिक्षक ३ जना करार शिक्षक २ जना, स्थायी शिक्षक २ जना विघालय सहयोगी १ जना २ जना शिक्षक नपुग रहेका छन् । सरकारी स्कुल मा पनि बोर्डिङ स्कुल सरह नै अनुशासन उत्कृष्ट पढाइ स्कुल को ड्रेस अनिवार्य रूपमा नै लागू गरिएको छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया