मुडे सैलुङ सडकखण्ड निर्माण सम्पन्न गराउन लिखित तथा मौखिक ध्यानाकर्षण गराएको छ ।
मङ्गलवार नेकपा (माओवादी केन्द्र) दोलखा काठमाडौँ सम्पर्क समन्वय समितिले महालक्ष्मी कन्स्ट्रक्सनका सञ्चालकसँग ध्यानाकर्षण सहित लिखित तथा मौखिक सम्झौता गरिएका हुन् ।
महालक्ष्मी कन्स्ट्रक्सनका सञ्चालक विजय राज मानन्धरका अनुसार ढिला भएको स्विकार्दै आउँदो हप्तादेखि पुन सुचारु गर्ने प्रतिबद्धता गरेका छन् ।
यसअघि जेजस्तो भए पनि अबका दिनहरूमा तीव्रका साथ पहिलेको तरिकाले काम गर्न तयार रहेको शुभकामना निर्माण सेवाका सञ्चालक ईश्वर बास्कोटाले बताए ।
मुडे शैलुङ सडकखण्ड निर्माणमा ढिलाइ भएपछि यस सडक प्रयोग गरी आवातजावत हुने सवारीसाधन लगायत यस भेगका जनताले सास्ती खेप्दै आइरहेका छन् ।
समितिको उपाध्यक्ष पासाङ घिसिङले हामीले सडकको अवस्था देखेर छिटो बनाउन दबाब दिएका छन् । उनले सास्तीबाट यात्रुहरूले अब भने केही सहजको अनुभूति गर्ने पाउने बताए ।
आज दिइएको ध्यानाकर्षणलाई कुनै बेवास्ता गरी कामलाई निरन्तरता नगरिएमा आगामी दिनमा हामी आन्दोलनको कार्यक्रमहरू घोषणा गरी आन्दोलित बनाउन बाध्य नबनाउन अनुरोधसमेत गरेको घिसिङले जानकारी दिए ।
यसअघि पटक पटक ध्यानाकर्षण तथा सम्झौता गरे पनि ठेकेदार कम्पनीले बेवास्ता गरेको थियो।