हेटौंडामा यात्रु सहायता कक्ष स्थापना

सैलुङअनलाइन संम्वाददाता
0 Shares
हेटौंडा

नजिकिँदै गरेको चाढबाडलाई लक्षित गरी हेटौंडा- १ चौकीटोलस्थित सुमो काउण्टरमा यात्रु सहायता कक्षा स्थापना गरिएको छ । हेटौंडा हुँदै काठमाडौँ जाने यात्रु नठगिऊन् भनेर वडा प्रहरी कार्यालय र प्रहरी चौकी चौकीटोलको सक्रियतामा सहायता कक्षा स्थापना गरिएको हो ।

चाडबाडको मौका पारी यात्रुसँग बढी भाडा लिने, यात्रु तानातान गर्ने तथा तोकिएको गन्तव्यसम्म नपुर्याउने लगायतका विकृति बन्द गराउन एवं यात्रुलाई तत्काल सहायता गर्न उक्त कक्ष स्थापना गरिएको वडा प्रहरी कार्यालयडाका प्रहरी निरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए ।

‘चाडबाडलाई लक्षित गरेर गत वर्ष जस्तै यस वर्ष पनि यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।’ उनले भने, ‘हेटौंडाबाट काठमाडौं जानका लागि ४ सय ५० रुपौयाँ भाडा तोकिएको भए पनि व्यवसायीले दशैं, तिहारलगायत चाडबाडको मौका छोपी यात्रुसँग एक हजार रुपैयाँसम्म भाडा लिने गरेका छन् । यो वर्ष उक्त समस्या दोहोरिन दिने छैनौ ।’

कसैले तोकिएकोभन्दा बढी भाडा लिएको पाइए प्रहरीले कार्वाही गर्ने बताउँदै उनले कुनै गाडीले नियम विपरीत काम गरेमा सहायता कक्षमा भएका प्रहरीलाई खबर गर्न तथा नेपाल प्रहरीको पैसा नलाग्ने फोन नम्बर १०० मा फोन गर्न अनुरोध गरेका छन् ।

वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक ईश्वरीप्रसाद भण्डारीको प्रमुख आतिथ्यतामा सहायता कक्ष स्थापना कार्यक्रममा वडा सदस्य बेगम बराल, प्रहरी चौकी चौकीटोलका प्रहरी सहायक निरीक्षक दिपक दुलाल, स्थानीय समाजसेवी, संघसंस्थाका प्रतिनिधि लगायत सहभागि थिए ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका