निर्वाचनपछि एमालेले एकल सरकार बनाउँछ– पोलिटब्युरो सदस्य एवं पूर्व मन्त्री आनन्द पोखरेल

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
49 Shares
काठमाडौं

नेकपा (एमाले) का पोलिटब्युरो सदस्य एवं पूर्व मन्त्री आनन्द पोखरेलले निर्वाचनपछि एमालेले एकल बहुमतको सरकार बनाउने बताएका छन् । मङ्गलवार रिपोर्टर्स क्लब नेपालद्वारा आयोजित साक्षात्कारमा बोल्दै पोखरेलले कुनै दलसँग सहभागी नभई एमाले एक्लै चुनावमा सहभागी हुने बताए ।

‘एमालेको विरुद्धमा सबै दलको गठबन्धन गरिएको छ, र एमालेलाई हराउने लागि परेको छ‚ उनले भन‚ ‘माओवादी काङ्ग्रेससँग लम्पसार परेको छ । एमालेले यो चुनावलाई सामान्य रूपमा लिएको छैन । यो चुनाव त हाम्रो लागि वर्ग युद्ध नै हो ।’

उनका अनुसार गठबन्धन पाँच दलको हो, लोसपा पनि मिसिँदैछ अरे, तर एमालेले यो युद्ध जित्छ । सारा किल्लालाई हामी नष्ट गर्न सक्ने क्षमता रहेको बताए ।

‘हामी अध्यक्ष ओलीकै ब्यानरमा निर्वाचनमा जाँदैछौं । केपी ओली सांस्कृतिक राष्ट्रवादको पनि प्रवक्ताको रूपमा आएका छन् । भपुरिवेष्ठित देशलाई भूजडित बनाउने नेता हो । हामी उहाँको नेतृत्वमा ठुलो सफलता हात पार्छौँ’‚ उनले भने ।

‘अखण्डताको रक्षा र मुलुक आत्मनिर्भरताको लागि, यही एजेन्डा लिएर जनताको बिचमा जानेछौँ । हामी चुनाव जितेर एकल बहुमतको सरकार बनाउँछौँ’‚ उनले भने‚ ‘यो गठबन्धनले निष्पक्ष चुनाव गर्छ भन्ने मलाई लाग्दैन । हाम्रो लागि निर्वाचन जीवन र मरणको सङ्घर्ष हो । निर्वाचन जित्नको लागि एमालेको तयारी छ ।’

उनले एमालेमा धेरै मान्छे प्रधानमन्त्री हुन योग्य रहेको बताउँदै अहिलेको आवश्यकता भनेको केपी ओली नै भएकोले भावी प्रधानमन्त्रीको रूपमा ओलीलाई नै अघि सारिएको स्पष्टोक्ति थियो । उनले एमालेले गलत तत्त्वलाई टिकट नदिने पनि सुनाए ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका