एनसीसी बैङ्क र मनकामना अस्पताल प्रा.ली बिच विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
शुक्रवार बैङ्कले आफ्ना ग्राहकहरूलाई चितवनको भरतपुरमा अवस्थित मनकामना अस्पतालबिच विशेष छुट प्रदान गर्ने सम्झौता गरेका हुन् ।
सम्झौता अनुसार बैङ्कको भिसा डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले उक्त मनकामना अस्पताल प्रा.ली मा OPD Checkup & Investigation (Endoscopy, X-Ray, USG, Pathology tests, General Ward & Cabin bed charges मा १५ प्रतिशत र OT Charges, CT Scan, ICU, NICU, HDU/Nursery मा १० प्रतिशतसम्म छुट प्राप्त हुनेछ ।
देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैङ्कले ७ वटै प्रदेशमा गरी १५६ शाखा १५ एक्सटेन्सन काउन्टर र १३७ एटिएम बुथहरू सञ्चालन गरी ग्राहकहरूलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ ।
नेपालको वित्तीय क्षेत्रमा विगत २५ वर्ष देखि सरल, सहज र भरपर्दो बैंकिङ सेवा तथा ग्राहकहरू माझ विभिन्न प्रकारका सेवा सुविधाहरू प्रदान गर्दै आएको नेपाल राष्ट्र बैङ्कबाट ‘क’ वर्गको इजाजत प्राप्त बैङ्क हो ।