नेकपा एस दोलखाबाट सङ्गीता पाख्रिन समानुपातिकमा सिफारिस‚ सङ्घ र प्रदेशमा को को ? नामसहित

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
1.3k Shares
काठमाडौं

नेकपा एकीकृत समाजवादी दोलखाबाट सङ्घीय प्रतिनिधि सभा सदस्य समानुपातिक तर्फ सिफारिस सङ्गीता तामाङ पाख्रिन सिफारिस भएकी छन् । उनीसँगै समानुपातिक तर्फ सिर्जना कार्की र दीपक धनुकेलाई पनि सिफारिस भएका छन् ।

चुनावमा जनतामाझ गई विश्वास जितेर आवश्यक मत प्राप्त गर्ने विश्वास सङ्गीता लिएकी छन् । तामाङ नेकपा एकीकृत समाजवादीकी जिल्ला सहसचिव, एकीकृत समाजवादी बागमती प्रदेश महिला सङ्घ सचिव र स्थानीय निर्वाचनमा भीमेश्वर नगरपालिकाका गठबन्धनको तर्फबाट उपमेयरकी साझा उम्मेदवार भई निकटतम प्रतिद्वन्द्वी हुन् । उनी विद्यार्थी राजनीतिबाट दोलखा जिल्ला उपाध्यक्ष हुँदै अनेरास्ववियू केन्द्रीय सदस्यमा दुई कार्यकालसम्म जिम्मेवारी निर्वाह गर्न सक्षम विद्यार्थी नेतृत्व हुन् ।

अनेरास्ववियूको केन्द्रीय सदस्यको जिम्मेवारीसँगै उनको दोलखा जिल्लामा केन्द्रीय राजनीतिमा समेत पहुँच राख्ने नेतृ हुन् । निडर, हक्की स्वभावकी नेतृ सङ्गीता तामाङले आफ्नो राजनीतिक जीवन भने कक्षा ६ पढ्दै अनेरास्ववियु प्रारम्भिक कमिटीमा आबद्ध भई १४ वर्षकै उमेरबाट प्रारम्भ गरेको हुन् ।

तामाङले काभ्रेका नेपाल सरकारका उपसचिव डा लोकबहादुर लोप्चनसँग विवाह गरेकी छन् ।

करिब २० वर्षभन्दा लामो राजनीतिक यात्रा र लगानी दोलखामै भइसकेको कारण उनी दोलखालाई नै राजनीति भूमि बनाउन चाहन्छिन् ।

आगामी मङ्सिर ४ मा हुने निर्वाचनमा नेकपा एसबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ पार्टीका पोलिटव्यूरो सदस्य शिव भण्डारीलाई अघि सारेका छन् ।

त्यसै गरी प्रदेश ‘क’ को प्रत्यक्षतर्फ गोपाल न्यौपाने, चुनु के।सी, भीम दाहाल र सोमप्रसाद फुयाँल रहेका छन् । समानुपातिकमा गोमा दाहाल, पुष्कर रिमाल, नन्द घतानी, रमेश कार्की र झनक कार्कीलाई सिफारिस गरेको छ ।

प्रदेश ‘ख’ मा प्रत्यक्षतर्फ पासाङ शेर्पा, भुवनसिंह थापा, दिनेशराज शिवाकोटी, घनश्याम रिजाल, मोहन थापा,रामकाजी कायस्थ,अशोक दाहाल,भवानी कार्की र कृष्ण बस्नेतलाई सिफारिस गरेको छ ।

त्यसै गरी ‘ख’ मा समानुपातीकामा करुणा विश्वकर्मा, तारा तामाङ, जतना खड्का, जगतमान थामी, शेरसाङबो शेर्पा, सुशीला शर्मा र उद्धवराज शिवाकोटीलाई सिफारिस गरेको समाजवादी दोलखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका