सन्दीप लामिछानेविरुद्ध दुर्व्यवहारका घटनाहरू जोडिँदै‚ दोषी ठहर नभएसम्म ट्याग लगाउन नहुने कलाकार ज्योति मगरको भनाइ

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
616 Shares
काठमाडौं

राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध दुर्व्यवहारका घटनाहरू एकपछि अर्को जोडिँदै आएका छन् ।

वूमेन्स रुम रिलोडेड (डब्लूआरआर) नाम गरेको प्राइभेट ग्रुपमा लामिछानेले दुर्व्यवहार गरेका घटनाहरू खुलेर आएका जानकारी दिएका छन् ।

केटिएम दैनिकले लामिछाने विरुद्ध परेको उजुरीको समाचार ब्रेक गरेपछि केही किशोरीहरू हामीसँग सम्पर्कमा आएका छन् । हामीसँग सम्पर्कमा आएका किशोरीमध्ये एक किशोरीले भनिन्, ‘उहाँले कहाँबाट मेरो नम्बर पाउनुभएछ, मलाई पटक पटक कल गरेर भेट्न बोलाउनु भएको थियो । तर मेरो भाग्य बलियो रहेछ, मैले इन्कार गरे ।’

उनले थपिन, ‘उहाँले म जस्ता थुप्रै युवतीहरूलाई पनि म्यासेज पठाउने, फोन गर्ने गर्नुभएको रहेछ । यसले उहाँको नियत नै शङ्कास्पद भएको देखाउँछ ।’

उक्त ग्रुपमा आफू पनि लामिछानेबाट दुर्व्यवहारको सिकार हुन पुगेको बताएकी छन् । त्यस्तै केहीले भेट्न बोलाउँदा आफू नगएर राम्रो गरेको प्रतिक्रिया दिएका छन् ।

यस्तै कलाकार ज्योति मगरले सामाजिक सञ्जाल‚ मिडिया र प्रहरी आफै न्यायाधीश भएको टिप्पणी गरेका छन् ।

उनले आफ्नो व्यक्तिगत बिचार भन्दै लेखेकी छन्‚‘दोषी ठहर होला नहोला तर कानुनले दोषी प्रमाणित नभएसम्म बलात्कारको ट्याग लगाउनु जायज होइन ।’

‘नगरकोट घुम्न र होटेलसम्म जान मन्जुर हुनु‚ ५ गते घटना हुनु तर घट्नाको करिब दुई हप्तापछि मात्र उजुरी पर्नु’ यो विषय गम्भीर रहेको उनले औँल्याएकी छन् ।

उनले भनेकी छन्‚‘केही न केही गडबड चाहिँ छ तर पितृसत्तात्मक सोच भएको समाजका केटाहरूले कलिला (नाबालिका) हेर्न सोँचले यो घटना भएको हुन सक्छ ।’

घट्नाका प्रकारहरू आशय करणी, जबरजस्ती करणी, बलात्कार र अन्डर एजका हुन्छन् । अदालतका निर्णयले मात्रै दोषी भन्न सकिने उनले बताएकी छन् ।

१७ वर्ष भन्दा कम उमेरकी बालिका करणी गरेको अभियोगमा लामिछानेविरुद्ध भदौ २१ गते जिल्ला प्रहरी परिसर, टेकु काठमाडौँमा किटानी जाहेरी परेका हुन् ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया