एमालेले संविधान दिवसको अवसरमा उपत्यकामा पदयात्रा आयोजना गर्ने निर्णय गरेको छ । आठौं संविधान दिवसका अवसरमा आगामी १ असोज पदयात्रा कार्यक्रम आयोजना गर्ने भएको छ ।
उपत्यकाका नयाँ बानेश्वर, मैतीदेवी, लैनचौर, कालिमाटी र ललितपुरको कुपण्डोलबाट हजारौं मानिसहरूको सहभागितामा सुरू हुने पदयात्रा वसन्तपुर पुगेर विसर्जन गर्ने कार्यक्रम तय गरिएको छ । सभामा पार्टी अध्यक्ष केपी ओलीले सम्बोधन गर्नेछन्।
पदयात्रालाई भव्य बनाउन सोमबार पार्टी केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा बसेको तयारी बैठकमा उपमहासचिव विष्णु रिमालले लामो राजनीतिक संघर्षपछि नेपाली जनताले संविधानसभाबाट संविधान पाएको विषयलाई त्यही उचाइमा महत्त्व दिनु आवश्यक देखिएकाले पार्टीले एउटा परम्पराको थालनी गर्न चाहेको र यसवर्ष पदयात्रा आयोजना गर्न लागिएको बताए ।
तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1