पर्यटकका लागि आकर्षक गुरु रिम्पोर्छेको मूर्ति

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
28 Shares
रसुवा

रसुवाको गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर ६ धुन्चेमा रहेको नवनिर्मित गुरु रिम्पोर्छेको मूर्ति अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटकको आकर्षकको केन्द्र वनेको छ ।

जिल्लाका २७ वटा वडा र पाँच वटा गाउँपालिकाको चिनारी स्वरूप निर्माण भएको २७ फिट अग्लो मूर्ति एक धार्मिक आस्थाको धरोहर हो । अहिले आन्तरिक तथा बाह्य पर्यटन जो कोही पनि यस मूर्तिमा फोटो भिडियो र टिकटक बनाउन व्यस्त हुन्छन् ।

जिल्लाको सदरमुकाम रहेको धुन्चे एक पर्यटकीय स्थलको रूपमा रहेको छ ।यस वरपर घुम्न लायकका धार्मिक स्थल र प्राकृतिक छटाले भरिपूर्ण पनि छ ।यस मूर्ति बन्नु भन्दा पहिले धुन्चे कै समाजसेवी तथा वरिष्ठ झाँक्री कारसिङगि तितुङले गाउँघरमा आई पर्ने विभिन्न बाधा अड्चनलाई साम्य पार्ने हेतुले दशौँ वर्ष अघि ह्युङ गोम्वो (छोर्तेन) निर्माण गरिएको थियो ।

उक्त ह्युङ गोम्वो २०७२ सालको विनाशकारी भूकम्पले क्षति पुर्‍याएको सोही स्थानमा गोसाईंकुण्ड गाउँपालिका अध्यक्ष कैसङनुर्पु तामाङ को नेतृत्व एव उपाध्यक्ष कारग्याल्मो श्रेष्ठ को समन्वय तथा वडा अध्यक्ष दावा सिदार वाइबाको सहजिकरण मा उक्त मूर्ति निर्माण भएको हो ।

यस्तै धुन्चे वरपर रेडपाण्डा पार्क,सङखपार्क,गुरु रिम्पोर्छेको मूर्ति,घले दरबार ,भुमेस्थान, छङगम देवी लगायत मिनिगोसाईकुण्ड ,लाङटाङ ,गोसाईंकुण्ड,दुधकुण्ड लगायतका आन्तरिक तथा बाह्य पर्यटकहरू यस ठाउँहरू हेर्ने खोजेर आउने गर्दछन् ।यसै ठाउँहरूको विकास गरेर गोसाईंकुण्ड गाउँपालिका को अध्यक्ष मा पुन कैसाङ तामाङ विजयी भयो ।र वडा नम्बर ६ धुन्चेमा पुन वडा अध्यक्ष नै दावा सिदार वाइबा भयो ।

हेर्न लायकको ठाउँहरूले गर्दा रसुवा जिल्ला विश्वसामु परिचित छ ।धुन्चेमा नै नेपालकै पहिलो तामाङ सङ्ग्रहालय रहेको छ ।हिमाली जिल्ला रसुवा तामाङ सम्पदा मार्गले पनि परिचित छ ।यसले पनि मानिसहरूको आवतजावतमा वृद्धि भएको छ ।

तपाईको प्रतिक्रिया