८ वर्षदेखि अचेत अवस्थामा रहेका बाटुली सुनारलाई नेपाल पठाउन सफल : दुतवास

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
42 Shares
साउदी
A woman stands at the entrance gate of the Embassy of Nepal in London, the UK, in February 2019. Photo courtesy: Surath Giri

वैदेशिक रोजगारीको सिलसिलामा सन् २०१४ मा साउदी अरबमा आएको ६ महिना काम गर्ने भर्‍याङबाट खसेर गम्भीर घाइते भएका बाटुली सुनारलाई नेपाल फर्काइएको छ । सुनारले काम गर्ने घरको माथिल्लो तल्लाको भऱ्याङबाट तल खस्दा गम्भीर घाइते भएर अलहासास्थित अल अयुन सिटी अस्पतालमा उपचाररत रहेकी थिइन् ।

रुपन्देही जिल्ला ओमसतिया गाउँपालिका वडा नं.-०२ स्थायी ठेगाना भएकी सुनारलाई नेपाल एयरलाइन्सको उडानबाट ११ सेप्टेम्बर २०२२ मा नेपाल पठाइएका हुन् ।

बाटुली सुनार सन् २०१४ मा हाउसमेड भिसामा कुवेत आएकी थिइन् । उनलाई कुवेतबाट गैर कानुनी रूपले साउदी अरबमा ल्याइएको पाइयो । काम गर्ने क्रममा घरको माथिल्लो तल्लाको भऱ्याङबाट चिप्लिएर तल खस्दा टाउकोमा गम्भीर चोट लागेको कारणले उनी अचेत अवस्थामा रहन पुगेकी थिइन् ।

सुनारको लामो समयदेखि अस्पतालमा उपचार भइरहेपनि खासै सुधार नआएपछि परिवारको साथमा राखेर उपचार गर्दा केही सुधार हुनसक्ने भन्दै संलग्न डाक्टरले उनलाई छिटो नेपाल लैजान लामो समयदेखि अनुरोध गर्दै आएका थिए । अस्पतालमा राखेको धेरै वर्ष भइसकेकोले अस्पतालले पनि सुनारको जिम्मा लिएर जतिसक्दो चाँडो उनलाई नेपाल पठाउन राजदूतावासमा पछिल्लो समय निरन्तर ताकेता गरिरहेको थियो ।

यसअघि निज लगायत अन्य गम्भीर प्रकृतिका बिरामीलाई नेपाल पठाउन पटक पटक प्रयास गरिएको भएता पनि सफल हुन सकेको थिए । यस पटक भने सुनारलाई नेपाल पठाउन सकिने वातावरण निर्माण गर्ने कार्यमा सफलता मिलेको दुतवासले जनाएको छ । परिवार पनि बिरामीको जिम्मा लिन राजी भयो। यस राजदूतावासले बिरामीको आवश्यक कागजात तयार गर्नुका साथै उनको एक्जिट भिसाको लागि साउदी श्रम कार्यालय र अध्यागमन कार्यालयसँग समन्वय गर्‍यो । साथै, नेपाल एयरलाइन्सको जहाजमा स्ट्रेचर राख्ने व्यवस्था गर्न र स्ट्रेचर बापतको खर्च वैदेशिक रोजगार बोर्डले व्यहोर्ने व्यवस्था गर्न नेपाल सरकारका सम्बन्धित निकाय र नेपाल एयरलाइन्ससँग आवश्यक पहल, सम्पर्क एवम् समन्वय गर्‍यो।

राजदूतावासको अनुरोधमा अस्पतालले बिरामीलाई अलहासाबाट रियाद एयरपोर्टसम्म अस्पतालकै एम्बुलेन्समा निःशुल्क ल्याइदियो ।

सुनारलाई एक जना नर्सको साथमा स्ट्रेचरबाट नेपाल लैजाँदा लागेको सम्पूर्ण खर्च नेपाल सरकारले व्यहोर्यो । उनलाई अहिले परिवारले जिम्मा लिएर वीर अस्पतालमा भर्ना गरेको छ ।

सुनारलाई नेपाल लैजान सकिने वातावरण निर्माण गर्ने क्रममा सहयोग गर्ने अलहासास्थित अल अयुन सिटी अस्पताललाई विशेष धन्यवाद दिँदै निज सुनारलाई नेपाल पठाउने कार्यमा प्रत्यक्ष वा परोक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्णमा हार्दिक धन्यवाद ज्ञापन गरेका छन् ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका