सांस्कृतिक घेदुङको पूर्वाध्यक्षको निधन, घेदुङको एउटा खम्बा ढल्यो, चम्किलो नक्षत्र अस्तायो ।’

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
483 Shares
काठमाडाैं

नेपाल तामाङ घेदुङको आजीवन सदस्य एवं सांस्कृतिक घेदुङको पूर्व अध्यक्ष दोर्जे तामाङ गोलेको निधन भएको छ ।

२ वर्षअघि मुटुको अप्रेसन गरेको गोलेका बुधवार राति अचानक अस्वस्थ भएर अस्पतालमा पुगेर उपचार गर्ने क्रममा राती ९ बजेतिर गङ्गालाल अस्पतालमा निधन भएको हो ।

यसै गरी उनको निधनप्रति विभिन्न सङ्घसंस्थाले श्रद्धाञ्जली दिएका छन् ।

‘पत्याउन सकिरहेको छैन । तर स्विकार्नुको कुनै विकल्प छैन । घेदुङको एउटा खम्बा ढल्यो, चम्किलो नक्षत्र अस्तायो ।’ यो स्ट्याटस गोलेको निधनपछि सामाजिक सञ्जालमा श्रद्धाञ्जली दिँदै लेखेका भावपूर्ण शब्द श्रद्धाञ्जली हुन् ।

गोले दोलखा जिल्ला साबिक मकैबारी गाबिस ६, हालको भिमेश्वर नगरपालिका वडा नम्बर ७ स्थायी बासिन्दा हुन् ।

सांस्कृतिक घेदुङका अध्यक्ष छेवाङतेन्जिङ लामाका अनुसार स्व. गोलेप्रति दाह संस्कारको दिन श्रद्धाञ्जली सभा आयोजना गर्ने बताए ।

गोले तामाङ वंश उत्थान समाजले लेखेका छन्,‘गोले तामाङ वंश उत्थान समाजको संस्थापक सचिवालय सदस्य, नेपाल तामाङ सांस्कृतिक घेदुङका पूर्व अध्यक्ष हँसिलो, मिजासिलो, दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै स्वर्ग लोकमा बास होस भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्दछौ ।’

समाजले श्रद्वान्जलीमा भनिएको, ‘तपाईँको निधनले गोले वंश समाजलाई अतुलनीय क्षति पुगेको छ । तपाईँको सहयोग एवं योगदानको उच्च सम्मान गर्दै हामी सधैँ सम्झिरहने छ ।’

स्व. तामाङ छ्योर्तेन टासी तामाङ गुम्बाका आजीवन सदस्य तथा कार्यसमितिका सदस्य छन् । गुम्बाले श्रद्धाञ्जली लेख्दै भनिएका छन्,‘गुम्बाले एक होनहार सदस्य गुमाएका छ, मृतात्मको चीर शान्तिको साथै स्वर्गमा वास होस भनी भगवान् अमिताभसँग प्रार्थना गर्द छौ । साथै शोकाकुल परिवारमा हार्दिक संवेदना प्रकट गर्दछौ ।’

आज उनलाई तामाङ गुम्बामा राखेर भोलि दाह संस्कार गरिने उनका पारिवारिक स्रोतले जानकारी दिए ।

स्व. गोले सिन्धुपाल्चोक होटेलका सञ्चालक समेत हुन् ।

उनको श्रीमती, एक छोरा एक छोरी छन् ।

तपाईको प्रतिक्रिया