देशभरको हलहरुमा भोलिबाट ‘शिवानी’

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
14 Shares
काठमाडाैं

नेपाली कथानक चलचित्र ‘शिवानी’ भोलि शुक्रवारदेखि प्रदर्शनमा आउदैछ।

सामाजिक कथा भन्ने चलचित्रको निर्देशन उपेन्द्र खड्काले गरेका हुन् । उनलाई सृजनात्मक निर्देशन मा रोनित बिसुंखेले सघाएका छन् ।

फिल्ममा कथा उपेन्द्र खड्का र प्रशान्त कुमार यादवको रहेको छ भने पटकथा रोनित बिशुन्खे र माधव शर्माले तयार पारेका हुन्।

चलचित्रमा उत्तम विष्ट पूर्णिमा लामा प्रशान्त यादव गोविन्द शाह विजय सिंह उपेन्द्र खड्का शिवानी खड्का निर्मल शर्मा , छुल्ठिम गुरुङ लगायत को अभिनय रहेको छ ।

चलचित्रलाई पुराना छायाकार महेन्द्र थापाले खिचेका हुन् भने सम्पादन सुवास देवकोटा र रोनित बिशुन्खे को रहेको छ।

चलचित्र मा सूर्य थोकर को द्वन्द्व सुरेश पाण्डेय को नृत्य बाबुल गिरि को सङ्गीत रहेको छ।

खड्का फिल्म्सको ब्यानरमा बनेको चलचित्रको प्रस्तुत कर्ता विनोद खड्गी हुन। चलचित्रलाई सुरज खड्काले निर्माण गरेका हुन् । चलचित्र लाई राजेशलाल भिकारीले वितरणको जिम्मा लिएका छन्।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका