एक्सनमा उत्रे गोकर्णेश्वर नगरपालिका, बौद्धको सिटिजन बैङ्क रहेको घरको अवैध संरचना हटाइयो (भिडियो)

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
273 Shares
काठमाडौं

गोकर्णेश्वर नगरपालिकाले वडा नं ६ मा रहेका अरब बैङ्कस्थित सिटिजन बैङ्कको शाखा रहेको घरको अवैध संरचना नगरपालिकाले भत्काइएको छ। सिटिजन बैङ्कको शाखा रहेका घरको सटर अवैध भएपछि डोजर लिएर गएका नगर प्रहरीले हटाइएका हुन् ।

व्यवस्थित नगर बनाउन एक्सनमा उत्रेका नगरपालिकाले जारी गरेको सूचनालाई अटेर गरेपछि शुक्रवारबाट डोजरसहित वडा नं ६ पीपलबोटबाट अवैध संरचना हटाउन सुरु गरेका हुन् ।

कालजेन शेर्पाको घरमा बनेका अनधिकृत रूपमा रहेका सटर‚ त्यहाँ रहेका सिटिजन बैङ्कका होर्डिङ बोर्ड लगायतका संरचना डोजरले हटाइएको हो ।

गोकर्णेश्वरका नगर प्रमुख दीपककुमार रिसालका अनुसार अनधिकृत संरचना हटाउने अभियानले सार्वजनिक स्थलमा बनेका घर टहरा‚ बाटो बिचमा बनेका पोल र छरिएका तारहरू व्यवस्थित हुने बताए ।

यस्तै नगरपालिकाको वडा नं ६ का वडाध्यक्ष नवराज लामाका अनुसार सूचना जारी गरे पनि अटेर गरेपछि मापदण्ड विपरीत रहेका सबै घरको छाना‚ टहरा हटाउन सुरु गरेका हुन् । उनले भने‚‘गोकर्णेश्वर नगर कार्यपालिकाको निर्णायनुसार चिठी पठाए पनि समयमा हटाउन नमानेपछि आजबाट एक्सनमा उत्रेको हो ।’

नगरपालिकाभित्र रहेका फुटपाथ व्यापारी‚ होर्डिङ बोर्ड लगायतका संरचनाहरू हटाउँदै जानेछ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया