स्याङ्जा सहयोग समाज साउदीको तेस्रो महाधिबेशन सेप्टेम्बर २० तारीख शुक्रबार सम्पन्न भएको छ । शुक्रबार दमामस्थित रोज होटेलमा भएको महाधिवेशनबाट पारस काफ्लेका अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरिएका छन् ।
समितिका उपाध्यक्ष ओम सुनुवार कोषाध्यक्ष टीकाराम भुषाल र सचिवमा दिपक खाँणलाई चयन गरेको छ । त्यसैगरी सदस्यहरू क्रमशः तुला अधिकारी, राजेन्द्र कार्की, काजी थापा, विकास केसी र सन्तोष परियार रहेका छन् ।
समाजका संरक्षक राजु सैयद, प्रमुख सल्लाहकारमा यास्मिन बेगम सैयद र सल्लाहकारहरू बालकृष्ण पंगेनी र जेस कुमार श्रेष्ठ रहेका छन् । आइसीसी प्रतिनिधिमा रोशन एन श्रेष्ठलाई चयन गरिएको छ ।
नवनिर्वाचित पदाधिकारीहरुलाई समाजका आइसिसि सदस्य मोहन बिएसकेले सपथ खुवाएका थिए । कार्यक्रममा २०१९-२१ कार्यकाल लागि चयन भएका समितिका अध्यक्ष काफ्लेले आफ्ना प्रतिबद्धता र भावी कार्ययोजना प्रस्तुत गरेका थिए ।