एनआईसीले ल्यायो ‘दसैँ–तिहार महोत्सव’ योजना

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
0 Shares
काठमाडाैं

एनआईसी एसिया बैङ्कले दसैँ–तिहारलाई लक्षित गर्दै डिजिटल कारोबारलाई प्रोत्साहन गर्नका निमित्त ‘दसैँ–तिहार महोत्सव’ योजना ल्याइएको छ।

यस योजनामार्फत भाटभटेनी सुपरमार्केट, सेल्सबेरी, बिगमार्ट, साथीमार्ट ९५ वटा शाखामा० लगायत दर्जनौँ मर्चेन्टहरूमा विभिन्न सामग्री खरिद गरी डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म क्यासब्याक तथा छुट प्राप्त गर्न सकिने बैङ्कले जनाएको छ।

जसअनुसार शनिवारदेखि कात्तिक १५ गतेसम्म भाटभटेनी सुपरमार्केटबाट तयारी पोसाक तथा जुत्ता चप्पल खरिद गरी बैङ्कको डेबिट वा क्रेडिट कार्डमार्फत ‘प्वाइन्ट अफ सेल’ भुक्तानी गर्दा बैङ्कको तर्फबाट १० प्रतिशत वा ५०० सम्म छुट प्राप्त हुने बैङ्कका नायब प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी) सुधीर नाथ पाण्डेले जनाएका छन्।

त्यसै गरी, सोही अवधिभर सेल्सबेरी, बिगमार्ट एवं साथीमार्टबाट विभिन्न सामग्रीहरू खरिद गरी यस बैङ्कको डेबिट वा क्रेडिट कार्डमार्फत प्वाइन्ट अफ सेल’ तथा मोबाइल बैंकिङमार्फत् क्युआर भुक्तानी गर्दा १० प्रतिशत वा ३०० सम्म छुट तथा क्यासब्याक उपलब्ध हुने बैङ्कले जनाएको छ।

विभिन्न अनलाईनमार्फत् किनमेल गरी ई–कमर्स भुक्तानी गर्दा तथा अन्य विभिन्न सपिङ स्टोरहरूमा किनमेल गरी कार्ड एवं क्युआर भुक्तानी गर्दा समेत आकर्षक छुट तथा क्यासब्याकको व्यवस्था रहेको छ।

किनमेल गर्न अझ सहज पार्ने उद्देश्यअनुरूप बैङ्कले डिजिटल कारोबारमा आफ्ना ग्राहकलाई प्रोत्साहन गर्नका लागि विभिन्न सामग्री खरिद गरी बैङ्कको कार्डमार्फत ई–कमर्स तथा ‘प्वाइन्ट अफ सेल’ भुक्तानी एवं बैङ्कका प्रयोगकर्ताहरूले क्युआर भुक्तानी गर्दा आकर्षक छुट तथा क्यासब्याकको व्यवस्था गरेको जनाएको छ।

तपाईको प्रतिक्रिया