सगरमाथा टोल सुधारको छैटौं बार्षिकोत्सव सम्पन्न

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
147 Shares
काठमाडौं

सगरमाथा टोल सुधार समाजको छैटौँ वार्षिकोत्सव सम्पन्न भएको छ । शनिवार सिमलटारमा सम्पन्न वार्षिकोत्सवमा बागमती प्रदेशका सांसद छिरिङदोर्जे लामाले समाजले राखेका मागहरू सक्दो पुर्‍याउने प्रतिबद्धता गरेका थिए ।

उनले वार्षिकोत्सवलाई सम्बोधन गर्दै यस टोलका समस्याहरू मलाई कतिपय थाहा छ‚ कतिपय पुरा गरिदिएको बताउँदै आउँदा दिनहरूका समस्याहरूमा सहकार्य गरी अघि बढ्ने बताए ।
यस्तै काठमाडौँ महानगरपालिका वडा नं ६ का वडा सदस्य भगवान थापाले यहाँ रहेका ढल‚ खानेपानी लगायतका समस्याहरू समाधानमा जनप्रतिनिधिको जिम्मेवारी रहेको बताउँदै समृद्ध टोल बनाउन महानगरले सकेको सहयोग गर्ने बताए ।

वार्षिकोत्सवमा समाजका आर्थिक प्रतिवेदन‚ वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

त्यस्तै समाजका सदस्यहरूलाई अग्नि नियन्त्रण उपकरण प्रदान गरेका थिए ।

यसै गरी समाजलाई आर्थिक रूपमा सबल बनाउन सहयोग गर्नुहुने सदस्यहरूलाई प्रशंसा पत्रद्वारा कदर गरिएका थिए ।

वार्षिकोत्सवमा संस्थाका सदस्यहरूलाई सदस्यता प्रमाण पत्र वितरण गरेका थिए ।

त्यस्तै समाजले प्रमुख अतिथि सांसद लामालाई मायाको चिनो प्रदान गरेका थिए ।

कार्यक्रमको सभाध्यक्ष समाजका अध्यक्ष ग्याल्जेन शेर्पा र संचालन सदस्य श्याम लामाले गरेका थिए ।

संस्थाको स्थापना

सगरमाथा टोल सुधार संस्था समाजमा चुनौती एवं समस्यालाई समाधान गर्ने उद्देश्यले समुदायहरूको विकास तथा आर्थिक स्तर लगायत सामाजिक‚ शैक्षिक र सांस्कृतिक जीवनस्तर परिवर्तन ल्याउने मूल उद्देश्यले विभिन्न ठाउँबाट आएर बसोबास गर्दै आएका घरधुरीहरूको जमातले स्थापना गरेको हो । २०७० सालमा १० जनाको उपस्थितिमा निवर्तमान अध्यक्ष आङपासाङ शेर्पाको संयोजकमा स्थापना भई हाल आएर छैटौँ स्थापना दिवस मनाइरहँदा धेरै घर थप्दै सदस्य सङ्ख्यामा पनि वृद्धि भएका छन् ।

संस्थाले अबका दिनहरूमा आर्थिक रूपमा सबल र सक्षम तथा उत्साहित र उत्प्रेरित हुने कार्यक्रमहरू सञ्चालन गर्दै जानेछ ।

तपाईको प्रतिक्रिया