भंगेरी कप फुटबल प्रतियोगिता हुने

सैलुङअनलाइन संवाददाता
नुवाकोट

विजयदशमी तथा दिपावलीको अवसरमा भंगेरी कप फुटबल प्रतियोगिता हुने भएको छ । असोज २२ देखि २९ गतेसम्म संचालन नुवाकोट म्यागङ-६, पुरानोपानीका कन्या स्थान युवा क्लबले जानकारी दिए ।

क्लबले प्रत्येक वर्ष आयोजना गर्दै आइरहेको प्रतियोगिता भंगेरी कपको यो आठौं संस्करण हो । म्यागङकै ठुलो धनराशीको फुटबल प्रतियोगितामा बिजेता हुने टिमले नगद एक लाख र उप बिजेता टिमले नगद पचास हजार पाउने छन् ।

प्रतियोगिताको उद्घाटन पालिका प्रमुख, उपप्रमुख, कांग्रेस केन्द्रीय सदस्य एवं संघीय सांसद बहादुरसिंह लामा तामाङ, नुवाकोट कांग्रेस क्षेत्र -२ सभापति जगतबहादुर तामाङ लगायतका आतिथ्य र विविध साँस्कृतिक कार्यक्रमकासाथ हुने आयोजकले जनाए ।

तपाईको प्रतिक्रिया