महिला साफ च्याम्पियनसिप : बङ्गलादेशले उपाधि जित्दै इतिहास रच्यो

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
126 Shares
काठमाडौं

बङ्गलादेशले छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको उपाधि जित्दै इतिहास रचेका छन् । यसअघि बङ्गलादेशले यसको उपाधि जितेका थिएन । यससँगै बंगलादेश महिला साफको नयाँ च्याम्पियन बनेको छ । बंगलादेशले पहिलो पटक नेपाललाई हराएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सम्पन्न खेलमा बङ्गलादेशले नेपाललाई ३-१ गोलको अन्तरले उपाधि जितेका हुन् ।

खेलको १४ औँ मिनेटमा शामसुनाहरले गोल गर्दै बङ्गलादेशलाई अग्रता दिलाएकी थिइन् । मोनिका चक्माको पासमा शामसुनाहरले उत्कृष्ट भली गोल गरे ।

खेलको ४२ औँ मिनेटमा श्रीमोती सरकारले गोल गर्दै बङ्गलादेशलाई २-० को अग्रता दिलाएकी छिन् ।

दोस्रो हाफको ७० औँ मिनेटमा अनिता बस्नेतले एक गोल फर्काएका थिए ।

त्यस्तै बङ्गलादेशका खेलाडीले ७६ औं मिनेटमा एक गोल थप्दै ३ गोल बनाएका थिए । नेपाल उपाविजेता बनेको छ ।

 

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया