गोठाटारमा ४ राउन्ड गो*ली चल्यो, मोहम्मद दर्जी घाइते, अपराधी फरार

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
70 Shares
काठमाडाैं

काठमाडौँको गोठाटारमा सोमबार साँझ गोली चलेको छ । गोली लागेर एक जना घाइते भएको प्रहरीले जनाएको छ ।

अज्ञात व्यक्तिको गोली प्रहारबाट घाइते भएका लाल मोहम्मद भन्ने मोहम्मद दर्जी रहेको खुलेको छ ।

सर्लाहीको हरीवन घर भएका उनी कागेश्वरी बस्दै आएको उपत्यका प्रहरी अनुसन्धान कार्यालयका एक अधिकारीले जानकारी दिए । रातो रंगको सर्ट लगाएर पल्सर मोटरसाइकलमा आएका व्यक्तिले गोली हानेर भागेको प्रहरीले जनाएको छ।

घाइतेलाई टिचिङ अस्पतालमा लगिएको प्रहरीले जनाएको छ । ४ राउन्ड गोली चलेको बताइएको छ । दर्जीलाई टाउकोमा दुई राउन्ड, दायाँ हातमा एक राउन्ड र दायाँ तिघ्रामा १ राउन्ड गोली लागेको छ । ५८ वर्षीय उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले गोली प्रहारमा संलग्नको खोजी कार्य तीव्र बनाएको छ ।

उपत्यका प्रहरी कार्यालय प्रमुख एआईजी रवीन्द्र धानुकले गोली चलाएको व्यक्तिको खोजी कार्य तीव्र बनाएको छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया