डालेचुक र लालीगुराँसको जुसबाट वार्षिक ५ लाख आम्दानी

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
77 Shares
रसुवा

रसुवा धुन्चे निवासी रोहित कुमार श्रेष्ठले डालेचुक र लालीगुराँसको जुस व्यापारबाट वार्षिक ५ लाख आम्दानी गरिरहेको छ ।२०५९ सालमा हिमालयन फलफूल प्रशोधन उद्योग दर्ता गरेर उनले व्यवसाय सुरु गरेका हुन् ।

साबिक धुन्चे गाविस हालको गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर ६ का श्रेष्ठले जङ्गलमा खेर गइरहेको लालीगुराँस सङ्कलन गरी आफ्नै घरमा मेसिन राखेर जुस बनाएर बेच्ने गरेका छौ ।एक बोतलको दुई सय रूपैयामा किनबेच हुने उनी बताउँछन् ।

डालेचुक चाहिँ सानो दाना फुल नफुली फल्ने फल हो‚ यो क्याङजिङ भन्दा माथि लाङसिसा भन्ने ठाउँमा र पुरानो तातोपानी साइडमा पाइन्छ । विशेष गरी खोलाको साइडमा पाइन्छ ।यो फल पाइने समय भनेको भदौ र मङ्सिरमा हो‚ श्रेष्ठले भने ।

बुवा बाबुराम श्रेष्ठले गर्दै आएको काम छोरा रोहितले समाल्दै आएको छ ।

दुख नगरी कहिकतै हुँदैन ।पढे लेखे पनि त काम त गर्नै पर्छ‚ उनले भने‚‘बुवाको कामलाई निरन्तरता दिइरहेको छु ।यही जुस व्यापार वाट मेरो चार जनाको परिवार पालिएको छ ।’

बुवाले गरेको काम राम्रो लागेर छोरा रोहितले पनि बुबाकै जुस व्यापारलाई सघाएका हुन् । वर्षको पाँच लाख कमाई हुन्छ । कोभिडका कारण यस पिरियडमा खासै आम्दानी त भएन कोभिड साम्य भएपछि भने देश विदेशबाट माग हुने गरेको छ । पहिले त बुवाले समाल्दै आएको थियो ।कति आम्दानी हुन्छ थाहा थिएन ।अहिले आफैले समालेपछि कमाई सन्तोषजनक रहेको रोहित श्रेष्ठ बताउँछन् ।

२०७८ पुसको २३ गतेदेखि अहिलेसम्म १ सय ९९ वटा जुसको बोतल बिक्रीबाट ६० हजारको व्यापार भयो । डालेचुकको एउटा बोतलको ३ सय पर्छ । लालीगुराँसको १३ सय वटा बोतल बिक्रीबाट २ लाख ६० हजार व्यापार भयो । अबको यो असोज महिनादेखि पुससम्ममा बाँकी रकमको व्यापार हुने रोहित श्रेष्ठले बताए ।

डालेचुकको जुस प्रयोगले महिलाहरूको महिनावारी गडबडी, पाठेघरको क्यान्सर, स्तन क्यान्सर, मस्तिष्क क्यान्सर, पेट सम्बन्धी रोगलाई लाग्नबाट बचाउँछ । यसलाई दिनको एक लिटर पानीमा मिसाएर खाए राम्रो हुने समेत बताएको छ ।

यस्तै लालीगुराँसको जुसले मोटोपन घटाउने, मधुमेह, श्वेत प्रहर, मुखमा हुने मसिना घाउहरू निको हुने र रक्त सफाइ समेत गर्दछ ।२० मिलिलिटर पानिमा मिसाएर दिनको ३ पटक खादा राम्रो हुने रोहित बताउँछन् ।

मान्छेहरू विदेश अस्ट्रेलिया, जापान, अमेरिका भनेर विदेश जान्छन् तर म चाहिँ रसुवाली जङगलमा लालीगुराँस टिप्दै मलाई जापान अस्ट्रेलिया अमेरिका यही छ मिहेनत गरेर परिवार सँगसँगै बसेर रमाइरहेको छु ।

अबका दिनमा डालेचुकको जुस एक बोतलको ४ सय रुपैयाँ र लालीगुराँसको ३ सय रूपैयाँमा बेच्ने सोच रहेको छ ।

कसरी आयो व्यवसायिक सोच

बुवा बाबुराम श्रेष्ठले जङ्गलमा दाउरा काट्न जाने क्रममा लालीगुराँसको फुल ढकमक्क फुलेको हुन्थ्यो । पूजा गर्न र अ‍ौषधि हुन्छ भनेर एक दुई थुँगा ल्याउनुहुन्थ्यो । उनले सोचेँ यसलाई जुस बनाएर बेच्न पाए पैसा आउँथ्यो । यस्तो काम कसैले गरेको छैन म आफै सुरु गर्छु भनेर सुरु गरेका हुन् । यसबाट केके फाइदा हुन्छ भनेर ज्ञान लिई निकुञ्जसँग अनुमति लिएर फुल टिप्न थाले र जुस बनाउन थालेको रोहितको बुबा बताउँछन् ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका