रसुवा कलाकार समाजको आयोजनामा विजयादशमी २०७९ को अवसरमा बृहत् सांस्कृतिक कार्यक्रम हुने भएको छ ।
कालिका गाउँपालिका वडा नम्बर २ कालिकास्थानमा यही असोज १५ गते शनिवार बृहत् सांस्कृतिक कार्यक्रम हुने आयोजक संस्थाले जनाएको छ ।
हाम्रो कला संस्कृति, भाषा धर्म को प्रर्वद्वन र जगेर्ना गर्ने उद्देश्यले शुभकामना आदानप्रदान तथा वृहत् सांस्कृतिक कार्यक्रम गर्न लागिएको कलाकार समाजका अध्यक्ष शिशिर थोकरले जानकारी दिए ।
गोम्वोडाडाल युवा समाज नेपाल सहआयोजक रहेको उक्त शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रममा स्थानीय तथा राष्ट्रिय कलाकारहरूको बेजोड प्रस्तुति रहने छ ।
कार्यक्रममा संविधानसभा सदस्य मोहन आचार्यको प्रमुख आतिथ्यतामा र विशिष्ट अतिथि बागमती प्रदेश सभा सदस्य प्रभात लामा, विशेष अतिथिमा हरूमा प्रदेश सभा सदस्य प्रेम तामाङ,डाक्टर भिमलाल तामाङ,तामाङ चलचित्र सङ्घका बागमती प्रदेशका अध्यक्ष आसमान तामाङ रहेका छन् ।