कपनमा भीषण आगलागी, आगो निभाउन सकस

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
56 Shares
काठमाडाैं

कपनस्थित कपन गुम्बाभन्दा तल राम मन्दिर नजिकै भीषण आगलागी भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दिनेशराज मैनालीका अनुसार आगो निभाउनका लागि काठमाडौँ र ललितपुरको दमकल बोलाइएको छ ।

ग्यास सिलिन्डरबाट आगलागी सुरु भएको बुझिएको एसपी मैनालीले जानकारी दिए । आगो लागेको ठाउँबाट विस्फोटको आवाज पनि सुनिएको स्थानीयबासिन्दाले बताएका छन् ।

एसपी मैनालीका अनुसार आगो निभाउने प्रयास गरिए पनि आगलागी नियन्त्रणमा आइसकेको छैन।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका