वीर अस्पताल अगाडिका फार्मेसीमा महानगरको डोजर

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
77 Shares
काठमाडौं

काठमाडौँ महानगरले वीर अस्पताल अगाडिका संरचना हटाइएका छन् । महानगरले अस्पताल अगाडि भाडामा लगाउँदै आएको फार्मेसीमा डोजर चलाएको हो।

अनधिकृत संरचना हटाउन आजसम्म समय दिए पनि नहटाइएकोले डोजर चलाउनुपरेको महानगरले जनाएको छ।

वीर अस्पतालले नक्सा पास गर्दा बगैँचा बनाउने भनेको जग्गामा फार्मेसी सञ्चालनमा थियो।

यसअघि २०७६/०७७ मा नै वीर अस्पतालले उक्त जग्गा खाली गराउन खोजेको थियो। वीर अस्पतालकै आग्रहमा महानगरले डोजर चलाएको हो। यहाँ ६ वटाभन्दा धेरै फार्मेसी सञ्चालनमा थिए ।

महानगरले वीर अस्पताल क्षेत्रमा माइकिङ गर्दै स्वतःस्फुर्त रुपमा टहरा हटाउन भनेको थियो। तर स्वतःस्फुर्त रुपमा टहरा नहटाएपछि महानगरले डोजर लगाएर हटाउन लागेको हो।

तपाईको प्रतिक्रिया