भीमफेदीमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
56 Shares
काठमाडौं

मकवानपुरको भीमफेदीमा मिनिबस दुर्घटना भएको छ ।

बिहीबार काठमाडौँबाट वीरगन्ज जाँदै गरेको ना। ३ ख ७८५८ नम्बरको बस दुर्घटना हुँदा ६ जनाको घटनास्थलमा मृत्यु भएको छ ।

मकवानपुरका एसपी वामदेव गौतमका अनुसार दुर्घटनामा परेर ६ जनाको घटनास्थलमा मृत्यु भएको छ ।

‘उद्धार कार्य हुँदै छ, च्यापिएको अवस्थामा ६ जनाको शव निकालेका छौँ‚ उनले भने।’

मिनिबस ठाडो मोडबाट करिब ६० मिटर तल खसेको छ ।

त्यस्तै रुकुममा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । काठमाडौँबाट रुकुम पूर्व तर्फ जाँदै गरेको धौलागिरि यातायातको ग१ख ९१०९ नम्बरको बस मध्य पहाडी लोकमार्ग भूमे गाउँपालिका-२ थाबाङ बगरमा दुर्घटनामा परेको हो ।

बिहीबार दिउँसो ३ बजे भएको दुर्घटनामा परेर तीन जनाको मृत्यु हुनुका साथै १२ जना घाइते भएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (डिएसपी) प्रकाश डाँगीले बताए ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका