गुम्बा विकास समितिद्वारा आनीहरुको ज्ञानलाई समाजमा सरिक गराउन गोष्ठी

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
224 Shares
काठमाडौं

बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिद्वारा आनी (भिक्षुणी) हरूलाई सामाजिक गतिविधिमा सरिक गराउने गोष्ठी आयोजना गरेको छ। दुई दिनसम्म चल्ने गोष्ठीको बिहीबार स्वयम्भूस्थित होटेल च्वाइसमा उद्घाटन गरेका हुन् ।

उद्घाटन सत्रलाई सम्बोधन गर्दै समितिका कार्यकारी निर्देशक होम दोङले बौद्ध दर्शनलाई विकास गर्न आनीहरुसँग रहेको ज्ञानलाई जनमानसमा पुर्‍याउने उद्देश्यले यो कार्यक्रम आयोजना गरेको बताए ।

‘ज्ञान र साधनाले परिपूर्ण भएको आनीहरुको ज्ञानलाई अहिलेको सामाजिक परिवेशमा पुर्‍याउनका लागि गुम्बा विकास समितिले पुलको काम गरेको हो‚ उनले भने‚ ‘दर्शन र धर्मसँग जोडिएका सोवा रिक्पा‚ थाङ्का‚ मूर्ति लगायत तालिमहरू दिइरहेको छ । जसबाट सहभागीले सीपसँगै सिर्जनाका ज्ञानहरू सिक्न सकिन्छ ।’

उनले तालिममा सबै विधिहरू सिकाइन्छ‚ जसबाट कालिगड मात्रै नभई सिर्जना गर्ने सक्ने कलाकार बन्न सकिने बताए ।

यस्तै समितिका अध्यक्ष फुपू छेम्बे शेर्पा (खेन्पो गेशे थुप्तेन जिग्डोल) ले गुम्बा विहारमा अध्ययनरत आनीहरुको ज्ञानलाई समाजमा ल्याउनका लागि प्रशिक्षणले बाटोको काम गरिने बताए ।

‘प्रशिक्षणले आनीहरुसँग भएको ज्ञानलाई समाजमा सरिक गराउने लक्षका साथ प्रशिक्षण आयोजना गरेको हो’‚ अध्यक्ष थुप्तेनले भने‚ ‘समाजमा ज्ञान बाँड्दा यसले समाज परिवर्तनमा टेवा पुग्नेछ ।’

अहिले प्रशिक्षण‚ तालिम लगायत गुम्बा शिक्षाका पुस्तकहरू तयार गर्ने कार्यक्रम प्राथमिकतामा रहेको बताउँदै यस्ता कार्यक्रमका लागि स्रोतसाधनको चाहिँ कमी रहेको बताए ।

गोष्ठीमा विभिन्न गुम्बा विहारबाट आनीहरुको सहभागिता रहेका छन् । जसमा देछेन घले‚ लाक्पा याङजेन घले‚ दिकील्हामु लामा‚ साङ्गे ल्हामो तामाङ‚ काल्देन छोमो तामाङ‚ साङ्मु छोटेन लामा‚ सोनाम याङजोम‚ शेराब छोमु तामाङ‚ डोमा लामा‚ सविना माया तामाङ‚ फूर्वा साङ्मो गुरुङ‚ सविना तामाङ‚ छिरिङवाङ्मो लामा‚ नुनजिन साङमु लामा‚ उर्गेन छोटोल तामाङ सहभागी रहेका छन् ।

त्यस्तै खाण्डु शेर्पा‚ उर्गेन छोजोम लामा‚ फूर्वा डोल्मा गुरुङ‚ निमा ल्हामु लामा‚ पेमा लामा‚ छाङ डोल्मो लामा‚ तेन्जिन डोल्मा लामा‚ निरु तामाङ आशा शेर्पा‚ डोल्मा याङ्जुम लामा‚ सम्झना‚ ललिता‚ कर्मा डोल्मा गुरुङ, कर्मा छेटेन गुरुङ‚ कर्मा याङ्जेन गुरुङ‚ छिरिङ डोल्कर लामा‚ पेम्बादिकी शेर्पा‚ कामी ङिमा शेर्पा‚ सामु तामाङ‚ मिङ्मार याङ्जी शेर्पा‚ ज्ञानु महर्जन‚ मिङ्मा फुटी शेर्पाले सहभागी जनाएका छन् ।

यसै गरी पासाङ डोल्मा लामा‚ अम्बिका प्रजापति‚ लोब्साङ फूल्चुङ लामा‚ प्रमिला महर्जन‚ ईश्वरी गिरी‚ आचार्य पेमा रिन्छेन पाल्मो लामा‚ छुल्ठीम तामाङ‚ कर्मा पाल्मो गुरुङ‚ पेम्ब शेर्पा‚ यङ्जोन लामा‚ टासी याङ्कार‚ तेन्जिन वाङ्मो तामाङ‚ निमा डोल्मो तामाङ‚ सेनफेन छेन्जोम गुरुङ‚ सोनाम छोकी गुरुङ‚ ल्हाक्पा डोमा शेर्पा‚ थुप्तेन छोकी गुरुङ‚ शुभवती लामा‚ दकिला स्याङ्तान‚ प्रसन्नवती महर्जन‚ जिनवती (ज्ञानीदेवी) महर्जन‚ पमुदिता लामा‚ शोभा याङताङ‚ श्रमणिका महर्जन र छिरिङ छोटिन शेर्पा रहेका छन् ।

कार्यक्रमको पहिलो दिन कवि तथा सन्चारकर्मी रुपेश श्रेष्ठ र आनी छोइङ डोल्माले प्रशिक्षण गरिएको  छ । त्यस्तै दोस्रो दिन समीक्षक/निवन्धकार / त्रिवि अङ्ग्रेजी विभागका उपप्राध्यापक कुमारी लामा र उत्प्रेरक वक्ता विकासदेव योन्जनबाट प्रशिक्षण गरिने गुम्बा विकास समितिले जनाएको  छ।

कार्यक्रमको सहजीकरण कार्यक्रम संयोजन लक्ष्मी रुम्बाले गरेकी छन् ।

यो पनि पढ्नुहोस

तपाईको प्रतिक्रिया