भदौमा निकुञ्जले तीन लाख ६८ हजार राजश्व सङ्कलन

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
84 Shares
रसुवा

लामटाङ राष्ट्रिय निकुञ्जमा भदौ महिनामा आठ सय पाँच जनाले भ्रमण गर्दा तीन लाख ६८ हजार ६ सय रुपैयाँ सङ्कलन भएको छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईका अनुसार भदौ महिनामा ६ सय ९६ जना नेपाली सार्क मुलुक वाट १० जना अन्य देश का ९८ विदेशी नागरिक रहेका छन् । उनीहरू निकुञ्ज हुँदै गोसाईंकुण्ड लाङटाङ तामाङ सम्पदा मार्ग अवलोकन गर्न आएका हुन् ।

काठमाडौँबाट नजिकको हिमाली राष्ट्रिय निकुञ्ज भएका कारण र तीर्थस्थल गोसाईंकुण्ड,पर्यटकीय स्थल लाङटाङ,तामाङ सम्पदा मार्ग यही पर्ने भएका ले पनि आन्तरिक तथा बाध्य पर्यटकको अ‍ोईरो लाग्ने गरेको हो।एक हजार मिटर देखि सात हजार दुई सय ४५ मिटर सम्म फैलिएको यो निकुञ्ज जैविक विविधता को भण्डार मानिन्छ ।वन क्षेत्र, घाँसे मैदान, झाडी बुट्यान तथा सिमसार क्षेत्र यस निकुञ्जको प्रमुख विशेषता हो ।

२०३२ सालमा स्थापना भएको यो निकुञ्ज ५७ प्रतिशत रसुवा, सात प्रतिशत नुवाकोट, ३६ प्रतिशत सिन्धुपाल्चोक गरी ३ जिल्लाको ३४ वटा गाविसहरूमा एक हजार सात सय १० वर्ग किमीमा फैलिएको छ ।लाङटाङ उपत्यका, गोसाईंकुण्ड, दोर्जे लाक्पा पास, मेलम्ची ध्याङ, हेलम्बु, पाँचपोखरि, तार्केघ्याङ, ह्योल्मो आमा याङग्रि, शेर्माथाङ, घ्याङफेदि, क्याङजिङ उपत्यका आदि यस निकुञ्जका प्रमुख आकर्षण स्थलहरू हुन ।

समुन्द्री सतहबाट चार हजार तीन सय ८० मिटरको उचाइ मा अवस्थित गोसाईंकुण्ड तथा ताल श्रृङखलाहरू समेटेर सेप्टेम्बर सन २००७ मा अन्तराष्ट्रिय महत्त्व को रामसारमा सूचीकृत भएको छ।यहाँ रहेका धार्मिक, सांस्कृतिक, सामाजिक पहिचानहरूले यस निकुञ्जको गरिमालाई थप उचाइ प्रदान गरेको छ ।

निकुञ्ज संरक्षणमा विविध चुनौतीहरू रहे तापनि जैविक विविधताको संरक्षण, संबद्र्वन तथा व्यवस्थापनमा उच्च मनोबलका साथ निकुञ्ज कार्यालय क्रियाशील रहेको प्रमुख संरक्षण अधिकृत भट्टराईलेले जानकारी दिए ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका