भगवती युवा क्लब गोकर्णेश्वर वडा नं ९ द्वारा नेपालीहरूको महान् चाड विजयादशमी तथा दीपावलीको अवसरमा शुभकामना तथा ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको छ ।
शनिवारदेखि शंखडोल गोकर्णमा प्रतियोगिताको उद्घाटन सत्रमा बोल्दै वडाध्यक्षले खेलकुदले स्वास्थ्यको लागि फाइदा र आपसी सद्भाव हुने बताए ।
यसै गरी कार्यक्रममा गोकर्णेश्वर नगरपालिका खेलकुद विभागका अध्यक्ष सञ्जय लामाले चाडपर्वको खुसीयालीमा ब्याडमिन्टन प्रतियोगिता गर्नु आफैमा उत्सव भएको बताए ।
क्लबका अध्यक्ष अस्मिता श्रेष्ठका अनुसार वार्षिक रूपमा चाडपर्वको छेको पारेर आयोजना गरिने प्रतियोगितामा सिनियर र जुनियर टिम सहभागी गरिएको बताइन् ।
प्रतियोगिता ७ दिनसम्म चल्नेछ । प्रतियोगितामा सिनेरतर्फ १६ टिम र जुनियरतर्फ ८ टिम गरी २४ टिमले सहभागिता जनाएको क्लबका सचिव सुमन ताम्रकारले जानकारी दिए ।
प्रतियोगिताको विजेताले नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाण पत्र पाउनेछ ।